सोमबार, भदौ ३१, २०८१

पत्रकार महासंघ जापानको वाबेक्यू पार्टीको तयारी भब्य हुँदै

टोकियो,१३ असार । नेपाल पत्रकार महासंघ जापानको आयोजना जापानमा क्रियाशिल पत्रकारहरु र आम नेपालीहरुको विचमा वाबेक्यू पार्टी कार्यक्रम हुने भएको छ ।
जुलाई २ तारीख़ आइतबारको दिन टोकियोको स्वच्छ ,शान्त स्थल टोकियो र योकोहामाकोविच केन्द्र सिनमारुको खुल्ला वातावरणमा बृहत वार्वेक्यू अर्थात बनभोज कार्यक्रम गर्ने भएको हो । सो वाबेक्यूको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो ।
पत्रकारको काम सूचना दिनु, शिक्षित पार्नु र मनोरञ्जन गराउनु भन्ने चलन छ । तर अव यसले मात्र पत्रकारिताको लक्ष्य पुरा हुँदैन । समाजलाई सही दिशा निर्धारण गर्न सहयोग गर्नु पनि पत्रकारिताको काम हो ।
परदेशमा बसेर आ आफ्नो पेशामा आवद्ध हुदै आफनो पत्रकारिता पेशालाई निरन्तरता दिदै आएका जापानवासी नेपाली पत्रकार र आम नेपालीविचमा आत्मियता र सद्भावका लागि बार्बेक्यू भन्ने मुल नाराका साथ नेपाल पत्रकार महासंघ जापानको आयोजनामा हुने बार्बेक्यू पार्टीमा यहाँहरुको उपस्थितिका लागि अनुरोध गरेको छ ।
सो कार्यक्रमले चिनजानको साथमा भाईचार सम्बन्ध राखिरहन सहयोग पुग्ने कार्यक्रम संयोजक तथा महासंघका सदस्य रमेश श्रीशले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सफल बनाउन सबैले स्वयम् सेबन गरेर सम्पन्न गर्ने भएता पनि खानपिनको व्यवस्थापक ऋतु कुमार दुरा,पुर्ण चलाउने,खड्ग गुरुङ, कुमार मोक्तान ,अतिथि सत्कार शान्त पहरी,संगिता कुँवर ,रमेश श्रीश ,रमाईलो कार्यक्रम गेम विष्णु सुवेदी निशान,साउन्ड सिस्टमको लागि अमर गुरुङले संयोजन गर्नु भएको छ । अन्य मनोरन्जनात्मक नाचगानका कार्यक्रमहरु रहने आयोजकले जनाएको भने शुल्क ३,००० येन तोकिएको महासंघले जनाएको छ ।

थप जानकारीका लागि : रमेश श्रीष मगर (080-9083-3659) मोहन घले (080-4726-2061) खड्का गुरुङ (080-3275-7076) ऋतुकुमार दुरा (090-9405-5635) शान्त पहरी (080-4190-4688) बिष्णु सुवेदी (080-3546-1941)