आइतबार, साउन ३१, २०८३

प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन सेप्टेम्बर २० मा हुने

टोकियो । प्रवासी नेपाली मञ्च जापानको २२औँ राष्ट्रिय अधिवेशन आगामी सेप्टेम्बर २० तारिख आइतबार टोकियोमा हुने
“२२औँ राष्ट्रिय अधिवेशन सफल पारौँ, संगठनलाई अझ सुदृढ र एकताबद्ध बनाऔँ” भन्ने नारासहित नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च जापानको टोकियोस्थित ओता–कु सामुदायिक हलमा हुने भएको हो।

प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको सचिवालयको दशौँ बैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। अधिवेशनलाई व्यवस्थित, भव्य र सफल बनाउन राष्ट्रिय कमिटीका पदाधिकारी, क्षेत्रीय कमिटी, सल्लाहकार, सदस्य तथा जापानस्थित सम्पूर्ण संगठित सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारीअनुसार सक्रियतापूर्वक परिचालन गर्ने निर्णय बैठकले गरेको छ। अधिवेशनमा प्रतिनिधित्वका लागि केन्द्रीय संगठन विभागबाट प्रमाणित सदस्यताको आधारमा प्रतिनिधि छनोट गरिने मञ्चका अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिनुभयो । त्यस्तै, नयाँ कार्यसमिति चयनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

अधिवेशनका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन तथा सहयोग संकलनको जिम्मेवारी राष्ट्रिय कमिटी, क्षेत्रीय कमिटी, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको प्रचार–प्रसार विभागका सचिव अर्जुन आचार्यले जानकारी दिनुभयो ।

अधिवेशनको तयारी तथा व्यवस्थापनका लागि अगस्ट ३० मा सचिवालयको बैठक बस्ने निर्णय भएको छ।
प्रवासी नेपाली मञ्च जापानले २२औँ राष्ट्रिय अधिवेशनलाई संगठनको एकता, लोकतान्त्रिक अभ्यास, संगठनात्मक सुदृढीकरण तथा प्रवासी नेपाली समुदायको हितमा महत्वपूर्ण उपलब्धिका रूपमा सफल बनाउन जापानभरिका सदस्य, शुभेच्छुक तथा नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ।

यसमा तपाईको प्रतिक्रिया