जापान । उज्यालो नेपाल पार्टी सम्बद्ध प्रवास संगठन ‘उज्यालो नेपाल डायस्पोरा काउन्सिल’ जापान शाखाको तदर्थ समिति गठन गरिएको छ। जापानको ओमेस्थित कामानोफुजि पार्कमा सम्पन्न प्रथम भेलाले एलबी तामाङको संयोजकत्वमा तदर्थ समिति चयन गरेको हो।
भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रको विकासबाट मात्र देश समृद्ध हुने र रोजगारीका अवसरहरू सिर्जना हुने बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रको वास्तविक विकास उज्यालो नेपाल पार्टीबाट मात्र सम्भव रहेको दाबी गर्नुभयो।
त्यसैगरी पार्टीका केन्द्रीय सचिव तथा प्रवास विभाग प्रमुख सुमी लामा मोक्तानले देशको समग्र विकासमा प्रवासी नेपालीहरूको ठूलो योगदान रहने धारणा व्यक्त गर्नुभयो।
नवगठित समितिको उप-संयोजकहरूमा पूर्ण पाख्रिन, भूपेन्द्र गोले र महेन्द्रराज पन्त चयन हुनुभएको छ। यस्तै सचिवमा कविता तामाङ, कोषाध्यक्षमा ताराबहादुर तामाङ र महिला संयोजकमा रुबिना तामाङ रहनुभएको छ।
समितिको सदस्यहरूमा कर्मावाङगेल लामा, टोलनाथ गौतम, दिनेशकुमार मगर, आङनुरु शेर्पा, ठाकुर गुरुङ, सहदेव तामाङ, पदम गुरुङ, रिना गुरुङ, प्रकाश ग्लान, रुपा ग्लान र सिमन दोङ चयन हुनुभएको छ।
उक्त भेला एलबी तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

