टोकियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको आयोजनामा प्रतिष्ठानका केन्द्रिय संरक्षक, पूर्व अध्यक्ष समेत रहेका दुर्गा रायमाझीको विशेष उपस्थितिमा एक विचार गोष्ठी कार्यक्रम हुने भएको छ ।
टोकियोमा मे १९ तारिख आईतबार विचार गोष्ठी हुने भएको हो ।
प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक रायमाझीलाई निमन्त्रणा गरिएको र जसअनुसार रायमाझी छिट्टै जापान आउन लागेको प्रतिष्ठान जापान शाखाका अध्यक्ष महेन्द्र न्यूपानेले जानकारी दिनुभयो।
‘नेपाली लोक तथा दोहोरीगीत, संगीतको प्रबर्द्धनमा प्रवासी नेपालीहरुको भूमिका’ बिषयक विचार गोष्ठी गोतान्दास्थित माया रेष्टुरेन्टमा हुने बताईएको छ ।
नेपाली मौलिक लोक तथा दोहोरीगीतको क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुमा उच्छृङ्खल र छाडा प्रवृत्ति तिब्र हाबी हुँदैं गईरहदा यस्ता गतिविधि न्यूनीकरण गर्न टेवा पुग्ने प्रतिष्ठानले अपेक्षा गरेको छ ।