मङ्गलबार, जेठ १२, २०८३

गुरुङ समाज जापानको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा युवराज गुरुङ चयन

टोकियो । गुरुङ समाज जापानको प्रथम अधिवेशन सम्पन्न गरेको छ । टोकियोमा मे १२ तारिख आईतबार सम्पन्न प्रथम अधिवेशनबाट युवराज गुरुङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएको हो ।

गुरुङ समाज जापानको उपाध्यक्षहरुमा चन्द्र गुरूङ, प्रकाश कोके गुरूङ र आशिष गुरूङ, महासचिवमा मोती गुरूङ, सचिवमा पदम गुरूङ, कोषाध्यक्षमा राम गुरूङ, सह-कोषाध्यक्षमा कुमार गुरूङ सर्वसहमत चयन भएका छन।

सदस्यहरुमा क्रमश कौशल गुरूङ, प्रिती गुरूङ, जमुना गुरूङ, जेबी गुरूङ, याम गुरूङ, आशिष गुरूङ, सोमन गुरूङ, महादेव गुरूङ, आशिष गुरूङ, विष्णुमाया गुरूङ, दिपक घले, जगदिश गुरूङ, टुम गुरूङ, आष्मा गुरूङ, प्रेम गुरूङ,सुमन घले र जगदिश गुरूङलाइ चयन गरेका छ ।

भाषा, धर्म, भेषभुषा, कला, संस्कार र संस्कृति हाम्रो शान, मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजित अधिबेशनको प्रमुख अतिथिको रुपमा नेपालबाट तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय निवर्तमान अध्यक्ष तथा संरक्षक परिषद्का अध्यक्ष रेशम गुरूङ र वर्तमान सह-महासचिव मनोज गुरूङले विशेष अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नबीन निउरेले सफलताको शुभकामनासहित जापानवासी नेपालीहरुको दुःख-सुखमा सहकार्य गरेर काम गर्ने बताउनु भयो । कार्यक्रममा जापानका सकृय बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु एनआरएन अभियान्तहरु तमु तथा गैर तमुहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम तदर्थ समितिका संयोजक युवराज गुरुङको सभाध्यक्षतामा, सचिव मोति गुरुङले संचालन गरेका थिए भने प्रकाश गुरुङले स्वागत गरेका थिए ।

नव निर्वाचित अध्यक्ष युवराज गुरुङले जापानमा आएर स्थायी वा अस्थायी रुपले बसोबास गरिरहेका सम्पूर्ण गुरुङहरु विच सद्भाव एवं भातृत्व अभिवृद्दि गर्दै सामाजिक, आर्थिक बिकास गर्नको निम्ति सङ्गठित रुपले अगाडि बढ्न एक सामाजिक संस्थाको आवश्यकता महसुस भएकोले “तमु समाज जापान”को विधिवत स्थापना र सञ्चालनको लागि यो कदम चालिएको बताउनु भयो।