बिहिबार, फागुन ०१, २०८१

तामाङ समाज जापानको नवौं महाधिवेशन सम्पन्न, अध्यक्षमा पुन: कर्साङ तामाङ

टोकियो । नेपाल तामाङ समाज (NPO法人 )जापान केन्द्रीय समिति जापानले नवौं महाधिवेशन सम्पन्न भएको छ ।
टोकियोमा मे ५ आईतबार महाधिवेशनको साथमा संस्थाको स्मारिका विमोचन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल तामाङ समाज जापानको (२०२४-०२६) कार्यकालको लागि पुन: कर्साङ तामाङको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको छ । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा गिर बहादुर तामाङ, ५ उपाध्यक्ष तेज बहादुर थिङ, ललिता तामाङ, स्मृति मोक्तान, अष्ट माया लामा, नानी माया तामाङ चयन भएका छन । त्यसै गरि महासचिवमा जनक थोकर, ४ सचिवहरुमा सुस्मा लामा, प्रकाश तामाङ, रोनिश तामाङ, मनिता मोक्तान र कोषाध्यक्षमा चन्द्र दोङ (राजु), सह कोषाध्यक्षमा लक्ष्मि तामाङ चयन भएका छन । समाजको सदस्यहरुमा क्रमश निरु तामाङ, सुरेश तामाङ, प्रज्वल दोङ, सागर तामाङ, दावा मोक्तान, थमन तामाङ, अनिल तामाङ, सुमित्रा तामाङ, सत्य तामाङलाइ चयन भएको नवनिर्वाचित कार्य समितिका महासचिव जनक थोकरले जानकारी दिनुभयो ।
त्यसै गरि प्रवक्ता र युवा संयोजक कार्यसमितिको पहिलो बैठक बाट तोक्ने निर्णय भएको छ ।

प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म, परम्परा, संस्कार, संस्कृतिभेषभुषा र पहिचानलाई संरक्षण, संवर्धन र जगेर्ना गर्ने उद्देश्यले २००९ मा स्थापना भएको नेपाली तामाङ समुदायको साझा संस्था नेपाल तामाङ समाजले बिशेषत समाजकै ऐतिहासिक कुराहरु समेटेर पहिलो पटक फ्याफुल्ला निप्पोन नामक स्मारिका प्रकाशन समेत गरेको छ ।

अध्यक्ष कर्साङ तामाङको सभापतित्व सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुकुमान तामाङ र बिशेष अतिथिमा हिकारी कर्पोरेशनका संचालन ङिमा लामा रहनुभएको थियो भने कार्यक्रमको संचालन उपाध्यक्ष बलाराम तामाङले गर्नुभएको थियो ।