नागोया । जापानको नागोया शहरमा हुने तेस्रो नेपाल फेस्टिवल २०२४ को तयारी तिब्र पारिएको छ । एनआरएनए जापान नागोया क्षेत्रीय समितिको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको मुख्य सह-आयोजनामा हुने फेस्टीवलको तयारी तीव्र बनाएको हो ।
फेस्टिवल नागोया अवस्थित सामाजिक संघ-संस्थाहरूको सह-आयोजना एवं नेपाली दूतावास टोकियोको सहयोगमा फेस्टिभल आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवं तेस्रो नेपाल फेस्टिवल मूल आयोजक समितिका संयोजक देब घिमिरेले जानकारी दिए।
फेस्टिवलको उप-संयोजकको जिम्बेवारीमा भने यम बहादुर पाइजा र नरेश राई दिईएको छ । जून ८ र ९ तारिख आईची प्रिफेक्चरको नागोयामा नेपाल फेस्टिवलको आयोजना गरिएको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले बताए । जापानीलाई नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैको साथ र सहयोग रहनेमा आफू विश्वत रहेको गौतमले बताए ।
फेस्टिवल्आयोजक समितिका प्रचार- प्रसार संयोजक बिष्णु प्रसाद घिमिरेका अनुसार फेस्टिवलको व्यापक प्रचार-प्रसारमा लागेका छौं। नेपाली समुदाय मात्र नभई जापानीज समुदायहरूमा पनि फेस्टिवलको बारेमा व्यापक प्रचार-प्रसार गरिएको जानकारी दिए ।