बिहिबार, पुष १८, २०८१

टोकियोमा आज र भोली मोना इताबासी नेपाल फेस्टिवल हुँदै

टोकियो । जापानको राजधानी टोकियोको इतावासीमा नेपाल चिनाउन आज र भोली मोना इताबासी नेपाल फेस्टिवल २०२४ भव्य हुने भएको छ।
मोना जापान र टोकियो इतावासी-कु बिचको सहकार्यमा यहि अप्रिल २७ र २८ तारिख आज र भोली आयोजना गरिएको फेस्टिवलको l तयारी पुरा भएको मोना जापानका अध्यक्ष विशाल केसीले जानकारी दिनुभयो ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) मुख्य आयोजना गरेको भएपनि प्रमुख उदेश्य नेपालको पर्यटन र सांस्कृतिक चिनारी प्रवद्र्धन रहेको बताउँदै अध्यक्ष केसीले म्याग्दीलाई पृष्ठभुमिमा राखेर जापानी समुदायसँग सांस्कृतिक आदान प्रदान गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको बताउनुभयो । फेस्टिवलको लागि सांस्कृतिक, खानाको स्टल, स्वयंसेवक सहित आवश्यक सबै व्यवस्थापनको जिम्मेवारी हिजो नै पुरा गरिसकेको छ ।
नेपाली राजदूतावास जापान र इतावासी वार्डसँगको सहकार्यमा फेस्टिवलको दुई दिनसम्म नेपाल-जापानको सांस्कृतिक आदान-प्रदान लगाएको कार्यक्रम संचाल हुनेछ।
३ दर्जन बढ़ी देशमा संजाल भएको मोनामा फेस्टिवललाई भव्य रुपमा सम्पन्न गराउन कोरिया सहित नेपाल, कतार, दुवई लगायत देशबाट समेत मोना आईसिसिमा आवद्ध साथिहरु जापान आउन थालिसक्नुभएको छ, यसले फेस्टिवल भव्य रुपमा सम्पन्न हुनेमा हामीलाई थप हौसला र उर्जा मिलेको छ मोना अन्तर्राष्ट्रीय समितिका अध्यक्ष ददीवल खड़काले बताउनु भयो।

नेपालको पर्यटन प्रर्वद्धन तथा नेपाली कला संस्कृतिलाई जापानी समुदाय वीच परिचित गराउने उद्देश्य सहित जापानको टोकियोमा सम्पन्न हुन लागेको दुई दिने मोना इतावासी फेस्टिवलमा सहभागी हुन मोना आईसिसि अध्यक्ष ददिवल खड्काले सबै जापानवासी नेपालीहरुमा निमन्त्रणा समेत गर्नुभयो ।