आइतबार, बैशाख १६, २०८१

पासपोर्टको अनलाईन फारम भर्न नपाए सीधा दूतावास आउनुस् : राजदूत डा. सुवेदी

टोकियो । जापानका लागि नेपाली राजदूतावास राजदूत डा. दुर्गाबहादुर सुवेदीले अनलाईन पासपोर्टको फारम भर्न नपाए सीधा दूतावास आउन अपील गर्नु भएको छ ।
टोक्योमा भएको एक कार्यक्रममा राजदूत डा. सुवेदीले एमआरपी अनलाईन फारम लगाएत दूतावासको फोन नउठने जनगुनासो आएको जानकारी आएकोले नेपालीहरुको पासपोर्टको फारम भर्ने लगाएत समस्या आए सीधा दूतावासमा आउन सार्वजनिक अपील गर्नु भएको हो ।
गत आईतबार टोक्योमा प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै राजदूत डाक्टर सुवेदीले दूतावासमा कर्मचारी अभावको कारण चाहे अनुसार काम सकी नरहेको विचार व्यक्त गर्नु भयो । दूतावासले जापानभर घुम्ती सेवा गरिरहेको र निरन्तर गर्ने बताउदै पासपोर्टको अनलाइन फारम भर्न मात्र दुई महीना अप्रील र मार्चमा छुट्टै शिविर गर्ने र सहकार्य गर्न नेपाली संघ-संस्थालाई अनुरोध गर्नु भयो ।
राजदूत डा. दुर्गाबहादुर सुबेदीले समाज रुपान्तरणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने विचार ब्यक्त गर्दै त्यसका लागि पत्रकारहरुले सँधै रचनात्मक र सकारात्मक समाचार सम्प्रेषणमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो।
जापानवासी नेपालीको समस्याको समाधान गर्न आफू आएको बताउदै राजदूत डा. सुवेदीले अपराध गर्नेलाई जोगाउन सक्दिन अरु समस्याको समाधान आफूले गर्ने थप्नु भयो।
राजदूत डा. सुबेदीले सञ्चारजगत नेपाली समुदाय र राजदूतावासबीचको अनि घरदेश र परदेशबीचको पुल बन्न सक्नुपर्ने बताउनु भयो।