टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको १३ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाईएको छ । महासंघको स्थापना दिवस फोटो तथा भिडियो पत्रकारिता तालिम, बार्बिक्यु सहित केक काटेर मनाईएको हो ।
जापानको चिवा स्थित हातेमालो हाउसमा जापानमा क्रियाशिल करीब ३ दर्जन जती पत्रकारको सहभागितामा फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न भएको थियो ।
पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिमको सहजिकरण प्राध्यापक डाक्टर तोसिआकी ईतो, राजकुमार बस्नेत र रिक्कि गौचनले गर्नुभएको थियो ।
तालिमको समापनका अवसरमा बोल्दै जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानमा क्रियाशिल पत्रकारले समाजको हितका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले समाजलाई नकरात्मक असर पर्ने समाचार संप्रेक्षण गर्दा ध्यान दिन आग्रह गर्नुभयो ।
स्थापना दिवसको अवसरमा पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमका साथै आत्मियता र भाईचाराका लागि बार्बिक्यु आयोजना गरिएको पत्रकार महासंघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रवीन्द्र श्रेष्ठले बताउनुभयो ।
सुरूमा पत्रकार महासंघ जापानको कार्यसमिति तथा सल्लाहकार सहितको बैठक, तालिम र विविक्यू गरि तीन चरणमा संचालन कार्यक्रम संस्थाका सचिव राजन गौतमले संचालन गरि अध्यक्ष शान्त पहरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको केही झलक









