शुक्रबार, बैशाख ११, २०८३

नेपाली चलचित्र ‘अगस्त्य’को टोक्योमा मार्च ३० तारिख प्रदर्शन हुने

जापान । नेपाली चलचित्र‘अगस्त्य’को जापान प्रदर्शन मार्च ३ तारीख बाट हुने भए पनी मार्चको ३० मा राजधानी टोक्योमा प्रदर्शनि हुने भएको छ ।
विदेशमा २ सय भन्दा बढी शो हुन लागेको चलचित्र अगस्त्यको जापानको राजधानी टोकियोमा मार्च ३० तारीख नाकानो जिरो हलमा शो चलाउन लागेको शिव तण्डुकारले जानकारी दिए ।
‘अगस्त्य’को जापान प्रदर्शन अधिकार सेभेन सामुराई इन्टरनेशनल कम्पनीले नाकानो हलमा प्रदर्शनीको तयारी गरेको हो । लभ स्टोरीमा बनेको फिल्म अगस्त्यको टोकियोमा शो संचालनको लागि शिव तण्डुकारले संयोजन गरेका छन्।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको छ ।
प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन निर्माता रहेको फिल्मको छायांकार सञ्जय लामा हुन् । दुई च्याप्टरमा बन्ने ‘अगस्त्य’ को दुवै श्रृंखलाको कथा निर्देशक चौधरीले लेखेका हुन् ।
चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो ।
चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने निर्माण टिमको अपेक्षा छ ।
चलचित्र अगस्त्यको जापानभर २० सिटीमा प्रदर्शनको लक्ष्य लिएको सेभेन सामुराई इन्टरनेशनल कम्पनीका सीईओ रेशम डंगोलले जानकारी दिए।
जापानको टोकियो, शिजूओका, नागोया लगाएत शहरमा शो देखाउन तयारी गरेको सेभेन सामूराईले जापानको अन्य सिटीमा प्रदर्शनी गर्न चाहेमा 054-251-7740 वा samurai7edu@gmail.com मा सम्पर्क गर्न अनुरोध गरेको छ ।