प्रवासी नेपाली मञ्च जापानले अन्तरक्रिया कार्यक्रम गर्ने जापान । प्रवासी नेपाली मञ्च जापानले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
टोकियोस्थित ओताकु कामातामा मार्च ३ तारीख प्रवासी नेपाली मञ्च जापानले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रीय आकांक्षा प्राप्तिका लागि प्रवासी नेपालीहरुको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।
एमाले केन्द्रीय सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यतामा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाको समेत विशेष उपस्थितमा जापानवासी नेपालीले अन्तरक्रिया गर्न पाउने प्रवासी नेपाली मञ्च जापानका सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
नेकपा एमालेकी केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा अर्याल ज्युको प्रमुख आतिथ्यता तथा प्रवासी नेपाली मन्च, अन्तर्राष्ट्रीय कमिटीका अध्यक्ष सञ्जय थापा ज्युको बिशेष आतिथ्यतामा “सुखी नेपाली,समृद्ध नेपालको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि प्रवासी नेपालीहरूको भूमिका बिषयक अन्तर्कृया कार्यकम हुन गइरहेकोले उपस्थितिका लागि सम्पूर्ण जापानमा कृयाशिल संघ-संस्थाहरु लगाएत जापानबासी दिदीबहिनी, दाजुभाइहरुलाई उपस्थितिको लागि मंचका अध्यक्ष कुलचन्द्र खरेलले अपील गर्नु भएको छ ।
कार्यक्रम
मिति : २०२४-३-३
समय : साझँ ४:०० बजे
स्थान : 大田区立消費者生活センタ
5-13-26 Kamata, Ota-ku, Tokyo

