जापान । नेपाली चलचित्र‘अगस्त्य’को जापान प्रदर्शन मार्च ३ बाट हुने भएको छ ।
विदेशमा २ सय भन्दा बढी शो हुन लागेको चलचित्र अगस्त्यको जापानको राजधानी टोकियोमा मार्च १३ तारीख नाकानो जिरो हलमा शो चलाउन लागेको छ ।
‘अगस्त्य’को जापान प्रदर्शन अधिकार सेभेन सामुराई इन्टरनेशनल कम्पनीले नाकानो हलमा प्रदर्शनीको तयारी गरेको हो । टोकियोमा सेभेन सामुराई इन्टरनेशनल कम्पनीबाट वीरेन्द्र शाही, राजा शाही, निकेश श्रेष्ठले जिम्मा लिएका छन ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको छ ।
फिल्म निर्माण कम्पनी डार्क हर्स इन्टरटेनमेन्टका अनुसार अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा फिल्म रिलिज हुने जनाइएको छ ।
प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन निर्माता रहेको फिल्मको छायांकार सञ्जय लामा हुन् । दुई च्याप्टरमा बन्ने ‘अगस्त्य’ को दुवै श्रृंखलाको कथा निर्देशक चौधरीले लेखेका हुन् ।
चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने निर्माण टिमको अपेक्षा छ ।
एक्सन–लभस्टोरी कथामा बनेको चलचित्र अगस्त्यको जापानभर २० सिटीमा प्रदर्शनको लक्ष्य लिएको सेभेन सामुराई इन्टरनेशनल कम्पनीका सीईओ रेशम डंगोलले जानकारी दिनुभयो ।
जापानको टोकियो, शिजूओका लगाएत शहरमा शो देखाउन तयारी गरेको सेभेन सामूराईले जापानको अन्य सिटीमा प्रदर्शनी गर्न चाहेमा
080-5157-4224 वा samurai7edu@gmail.com मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

