जापान । स्याङजालीहरुको संस्था स्याङजा समाज जापानको चौथो क्षेत्रिय इकाई समिति किता कान्तो ईकाई समितिको प्रथम अधिवेशन फेब्रुवरी ११ तारिख आईतबार हुने भएको छ । राजधानी टोक्योबाट केहि परको प्रान्तहरु गुन्मा, तोचिगी, ईबराकी, नागानो र यामानासी केनमा रहेका स्याङजाली दाजुभाई तथा दिदीबहिनीहरुको सकृयतामा पहिलो अधिवेशन गर्न लागेको समाजका महासचिव सागर न्यौपानेले वताए ।
समाजको छैठौं अधिवेशनपछिको प्रथम वैठकले विभिन्न विभागहरु गठन गर्ने क्रममा संगठन विभाग गठन गरि वरिष्ठ उपाध्यक्ष वेद कार्कीको संयोजकत्वमा संगठन विभाग गठन गरि विभिन्न क्षेत्रहरुमा संगठन विस्तार गर्ने निर्णय अनुसार गुन्माको ओईजुमी शहरस्थित ओईजुमीमाची स्पोर्ट सिन्को ग्योदान हलमा प्रथम अधिवेशन गर्ने तय भएकोले सो क्षेत्रमा रहेका जिल्लाबासीलाई उपस्थितिका लागि आहवान पनि गरेको कार्कीले वताए ।
गुन्मा, तोचिगी र आसपासमा रहेका केनहरुका विभिन्न सामाजिक व्यक्तित्वहरु, केन्द्रीय महासचिव र वरिष्ठ उपाध्यक्षको संयुक्त भर्चुवल वैठकले शिव अर्यालको संयोजकत्वमा रमेश कुमार सुनाम सचिव रहने गरि अधिवेशन कमिटि घोषणा गरेको एनआरएनए गुन्माका संयोजक समेत रहेका युवा व्यवसायी नासिर मियाँले वताए ।

