आइतबार, जेठ १७, २०८३

नेपाली समाज जापानद्धारा नेपाली विद्यार्थीका लागि ६० हजार छात्रवृति घोषणा

टोकियो । नेपाली समाज जापानले नेपालबाट जापान आएर जापानी भाषा अध्ययनरत नेपाली विद्यार्थीका लागि छात्रवृति कार्यक्रमको शुरूवात गरेको छ ।
आइतबार टोकियोको सिनओकुबोस्थित रोयल गार्डेन रेष्टुरेण्टमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै समाजले जापानी भाषा अध्ययनरत नेपाली विद्यार्थीहरूको मनोबल दह्रो बनाउन, आत्मविश्वास बढाउन आर्थिक सहयोग र उत्प्रेरणा जगाउने उद्धेश्यले छात्रवृति योजना कार्यक्रम अघि सारेको बताएको हो।

प्रथम पटक शुरूवाती चरणमा ६० हजार जापानी येन प्रदान गर्ने गरी लागु गरिने छात्रवृति योजना कार्यक्रम अन्तर्गत समाजले छात्रवृति आवेदनका लागि आवश्यकिय कागजात र कसरी प्रक्रिया गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराएको थियो ।

▪️छात्रवृति आवेदनका लागि आवश्यक कागजातहरूः
⚫︎ आवेदन फाराम पत्र
⚫︎ रेसिडेन्ट कार्ड(जाइर्यो कार्ड) को फोटोकपी
⚫︎ नेपाली राहदानी पासपोर्टको फोटोकपी
⚫︎ पढ्दै गरेको भाषा स्कुलको ( गाकुग्यो सेइसेकी, स्युसेकी ज्योउक्यो स्योउमेइस्यो) वा जापानी भाषा पहिलो बर्षको बार्षिक परीक्षाको (ह्योउका) मूल्याङ्कनको प्रमाणपत्र)
⚫︎ युउच्यो गिन्कोउ (JP BANK) खाताको फोटोकपी

▪️आवेदनका लागि आवश्यक प्रावधानहरूः
⚫︎ शैक्षिक सत्र २०२३ अप्रिल महिनादेखि यता हरेक इन्टेक( अप्रिल जुलाई, अक्टोवर) इन्टेकमा भर्ना भइ भाषा अध्ययनरत नेपाली विद्यार्थीहरू ।
⚫︎ गाकुग्यो सेइसेकी, स्युसेकी ज्योउक्यो स्योउमेइस्यो) वा जापानी भाषा पहिलो बर्षको बार्षिक परीक्षाको (ह्योउका) मूल्याङ्कनको प्रमाणपत्र) मा ९५ % वा सो भन्दा बढी प्रतिशत प्राप्त गरेको हुनुपर्ने ।
▪️ छात्रवृति छनौट विधी र प्रक्रियाबारे:
⚫︎ प्राप्त आवेदनाहरूमा पुग अपुग कागजातहरू हेरि अन्तिम आवेदक संख्या सार्वजानिक गरिनेछ ।
⚫︎ आवेदकहरूको अन्तिम सङ्ख्यामा समावेश भएका विद्यार्थीहरूको नाम सादा कागजमा लेखि एउटा खाली बाकसमा राखिनेछ र त्यसमध्येबाट लक्की ड्र मार्फत् १ जना विद्यार्थीको नाम निकालिनेछ र त्यो भाग्यमानी विद्यार्थीले छात्रवृति प्राप्त गर्न सक्नेछ । (यो प्रक्रियाका बारेमा समाजको फेसबुक पेज मार्फत् प्रत्यक्ष प्रशारण गरिनेछ । )

▪️छात्रवृति आवेदन तालिका:
⚫︎ २०२४ फेब्रुवरी १० तारिख बिहान ११ बजे आवश्यक आवेदन फाराम नेपाली समाज जापानको फेसबुक पेजबाट आधिकारीक सूचना जारी गरिने ।
⚫︎ २०२४ फेब्रुवरी १० तारिख शनिबारदेखि २०२४ अप्रिल १० तारिख बुधबार साँझ ४ः५९ बजे सम्म आवेदन दिन पाउने ।
⚫︎ २०२४ अप्रिल १५ तारिख बिहिबार नेपाली समाज जापानको आधिकारिक फेसबुक पेजमा आवेदकहरूको अन्तिम नामावली प्रकाशन गरिने ।
⚫︎ २०२४ अप्रिल २१ तारिख आइतबार नेपाली समाज जापानको फेसबुकपेजबाट प्रत्यक्ष प्रशारण गरी आवेदकहरू मध्येबाट १ जनालाई छनौट गरिने ।
⚫︎ छात्रवृति प्राप्त गरेको प्रमाण पत्र विद्यार्थीलाई इमेल वा जेपी हुलाकबाट प्रेशित गरिनेछ ।

▪️छात्रवृति भुक्तानी प्रक्रियाबारे :
⚫︎ २०२४ मे २५ तारिखदेखि २०२४ जुन १० तारिख साँझ ५ बजे भित्रमा ३०,००० जापानी येन विद्यार्थीको खातामा डिपोजिट गरिनेछ ।
▪️छात्रवृतिको दोस्रो चरणः
⚫︎ दोस्रो चरणको लागि छात्रवृति विजेता विद्यार्थीले २०२४ मे १ तारिखदेखि २०२४ अक्टोवर ३० तारिख सम्मको (गाकुग्यो सेइसेकी, स्युसेकी ज्योउक्यो स्योउमेइस्यो) वा Attendance Records Certificate २०२४ नोभेम्बर १० तारिख साँझ ५ बजे भित्रमा नेपाली समाज जापानको इमेलमा पठाउनुपर्ने ।

⚫︎ (गाकुग्यो सेइसेकी, स्युसेकी ज्योउक्यो स्योउमेइस्यो) वा Attendance Records Certificate मा ८५ % भन्दा कम भएमा दोस्रो चरणको छात्रवृति वा बाँकी रकम ३०,००० जापानी येन पाउने छैन । छात्रवृति प्राप्त गर्न नसकेको जानकारी सहित विद्यार्थीलाई इमेल गरिनेछ ।

भर्खर जापान आएर भाषा अध्ययन गर्दै संघर्षको दौरानमा रहेका विद्यार्थीहरूको सबल भविष्य र घरदेशबाट टाढा रहेर काम र पढाईको तनाबबाट केही राहत र सकारात्मक सोचको विकास होस भन्ने उद्धेश्यले नेपाली समाज जापानले शुरूवात गरेको यो कदम सकारात्मक छ ।
पत्रकारहरूले सोधेको प्रश्नको जावाफमा यो कार्यक्रम प्रभावकारी रहेमा अर्को बर्ष छात्रवृति रकम वृद्धी गर्ने र विद्यार्थी संख्या पनि बढाउदै लैजाने योजना रहेको नेपाली समाज जापानका अध्यक्ष शिशिर लिम्बुले जानकारी गराउनुभयो ।