शुक्रबार, बैशाख ११, २०८३

जनप्रगतिशील मञ्च जापानको ९औं अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन पौडेल

टोकियो । नेकपा(माओवादी केन्द्र) को प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्बाचित भएका छन् ।
टोकियोमा आईतबार सम्पन्न अधिवेशनबाट ८ उपाध्यक्ष सहित महासचिवमा दावा शेर्पालाई सर्वसहमत चयन गरेको हो।
जापानमा सामाजिक संस्थाको रूपमा दर्ता भएको नेपाली जनप्रगतिशील मञ्च जापानको ४३ जनाको नयॅा केन्द्रिय कार्यसमिती गठन गरेको निर्वाचन समितिका संयोजक डा. भुपाल श्रेष्ठले जानकारी दिनुभयो।
अधिबेशन मार्फत लेखा अनुशासन आयोग सहितको ४३ सदस्यिय कार्यसमिति चयन गरेको हो । मन्चको अध्यक्षमा पौडेल, वरिष्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे, उपाध्यक्षहरुमा बाबुराम पौडेल,जनक सुबेदी, शिबु थापा, आर.एच गौतम, श्रबण सत्याल, भुवन हुमागाइ, रामकृष्ण भण्डारी रामप्रशाद गैरे, महासचिवमा दावा लामा उपमहासचिबमा अर्जुन अंगाइ, डिलाराम न्युरे, प्रमिला राई, सचिबहरुमा गोपाल लामिछाने(जिपी),जिबन पोखरेल, राज पुरी,राकेश बिमली, बालबिक्रम तिगेला, गोबिन्द प्रशाद पौडेल त्यस्तै कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यहरुमा सालीकराम मरहट्टा ,भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारीसहितको पदाधिकारी र बाँकी १८ जना केन्द्रिय कार्यसमितीमा चयन भएको छ। अधिबेशनको उद्घाटन माओवादी नेताहरु, लक्ष्मण पन्त र ओम शर्मा लगायतले गरेका थिए ।
निर्वाचन कमिटी सदस्य रामहरी पुडासैनीले भने अधिबेसनमा देखिएका केही समस्या र असन्तुष्टिहरुलाई समेटेर अगाडी बढ्नुपर्ने धारणा ब्यक्त गरे ।
यस्तो छ नयाँ कार्यसमिति