जापान । जापानको ईशिकावा आसपासका भूकम्प प्रभावित जापानीहरुलाई नेपाली खाना वितरण गरिएको छ।
नेपालीहरुको नेतृत्व गरि एनआरएनए जापानको टोलीले इशिकावा प्रान्तको नानाओ सहरमा दोस्रो पटक मंगलबार नेपाली खाना वितरण गरेको जापानको हो ।
जापानभर चिसोको प्रकोप बढिरहँदा भूकम्प प्रभावितहरुलाई चिसो मौसममा तातो नेपाली खाना खुवाएर नेपालीहरुले जापानीलाई भूकम्पको पिडामा केही रूपमा भए नी मलम लगाउने काम गरिएको छ । एकसाता अघि दुई दिन गरेर करिव ७०० जनालाई कुखुराको मासुको तरकारी र खाना आफैंले पकाएर खुवाएको एनआरएनए जापानको टोलीले जनवरी २३ तारिख ५७० जनालाई उसैगरि हिमपात छल्दै चिसोको पर्वाहनगरी खाना वितरण गरेको हो ।
नानाओ शहरको ४ वटा भूकम्प प्रभावित आश्रय स्थलमा मंगलबार खाना वितरण गरिएको जिज्ञानकुमार थापाले भन्नुभयो । यस मध्ये मिसोगी कम्युनिटि सेन्टर १२०, इसिजाकी प्राबि २००, सान्नो प्राबि १५० र नोतो हान्तो कम्युनिटि सेन्टरमा १०० जना रहेका छन् ।
एनआरएनए जापानको विशेषज्ञ समितिका सदस्य रहनुभएका थापाले भन्नुभयो ‘बुधवार मिसोगी कम्युनिटि सेन्टरमा १२० जना सहित कुल ६९० जनालाई खाना खुवाएर फर्कने योजना रहेको छ ।
चिकेन करी र तातो खाना आश्रय स्थलमा रहेकाहरुलाई वितरण भएको भन्दै प्रभावित व्यक्तिहरुले धन्यवाद तथा आभार व्यक्त गरेको जापानी समाचार संस्था टिभि आसाहिमा उल्लेख छ ।
एनआरएनए जापानको तर्फबाट अध्यक्ष नविन निउरेको नेतृत्वको टोलीले नेपाली खाना खुवाएर जापानीमाँझ राम्रो सन्देश दिएको छ ।
जापानी टिभीमा प्रसारित रिपोर्ट

