शुक्रबार, बैशाख ११, २०८३

गुल्मेली समाज जापानको पाँचौ अधिवेशनबाट अध्यक्षमा पुन: महेन्द्र अधिकारी चयन

जापान । गुल्मेली समाज जापानको पाँचौ अधिवेशन सम्पन्न भएको छ । शुक्रवार टोकियोमा बृहत् सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गुल्मेली समाज जापानको पाँचौ अधिवेशनबाट अध्यक्षमा महेन्द्रकुमार अधिकारी सर्वसहमत चुनिएका छन।

समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षतामा सुरु भएको बन्द सत्रमा संस्थापक अध्यक्ष बाबुराम भन्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

संस्थापक अध्यक्ष भण्डारीको संयोजकत्वमा कुलचन्द्र खरेल र गुणराज सापकोटा सदस्य रहेको निर्वाचन मण्डलले विधान- प्रतिवेदन माथी छलफल संगै सन २०२४-२०२६ कार्यकालको लागि नयॉं कार्यसमिति गठन प्रकृया पुरा गरेका थिए । कार्यक्रमको बन्द शत्र सचिव नेत्र पान्डेयको संचालन गरेका थिए भने सचिव कृष्णबाबु पोख्रेलको स्वागत मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीको सभापतित्वमा शुरू भएको खुल्ला सत्रमा नेपाली राजदुतावास जापानका राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यसंगै आईसिसि उपाध्यक्ष रोविन शेरचन लगायत विभिन्न संघ-संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरु, समाजसेवि,बौद्धिक व्यक्तित्वहरुका साथै गुल्मेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

खुल्लासत्र सचिव नेत्र पान्डेयको संचालन एवंअर्का सचिव कृष्ण बाबु पोख्रेलको स्वागत मंन्तव्य संगै नेपालका ख्याति प्राप्त कलकारहरूको वेजोड प्रस्तुतिहरु सहित सम्पन्न भएको थियो ।

नयाँ कार्यसमितिमा महेन्द्र कुमार अधिकारीको अध्यक्षतामा गठित समाजको सन २०२४-२०२६ कार्यकालको लागि उपाध्यक्षहरूमा पर्शुराम न्यौपाने,कृष्ण बाबु पोख्रेल, कुल बहादुर पोख्रेल, दिपक कंडेल ,ईन्द्र थापा , ज्योति केसि र महिला उपाध्यक्षमा लक्ष्मी केसी महर्जन। महासचिवमा नेत्र प्रसाद पान्डेय, सचिवहरूमा दीपेन्द्र केसि ,लक्ष्मण बस्नेत,सुदिप सापकोट, महिला सचिव कामना भन्डारी , त्यस्तै कोषाध्यक्ष निसान जिसि (अर्जुन) सह-कोषाध्यक्ष,निरज कार्कि ,टिकु विप्लप, युवा संयोजक निर्मल शर्मा ढकाल संगै सदस्यहरूमा , होमलाल सापकोटा,अर्जुन भन्डारी,कृष्ण खरेल,धिरज भन्डारी ,कमल श्रेष्ठ,ईश्वरी ढकाल,शिव प्रसाद खरेल ,सरिता भन्डारी, लक्ष्मण भट्टाराई रहेका छन् ।

कार्यक्रममा नेपालबाट आएका लोकप्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायिका शान्ता रानि परियार संगै पुर्खे बाको प्रस्तुतिमा सॉंझ संगितमय बनेको थियो ।