टोकियो । जापानमा नेपालीद्वारा सञ्चालित कम्पनी ‘दिपवे जापान’ को बीसौँ वार्षिकोत्सव सम्पन्न भएको छ । सन् २००३ सालमा स्थापना भएको कम्पनी २०औँ वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको हो ।
टोकियोको मिता स्टेशनस्थित आफ्नै रेस्टुरेण्टमा एक कार्यक्रम गरी कम्पनीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका प्रमुख दीपक सुबेदीले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, कर्मचारी र शुभेच्छुकलाई धन्यवाद प्रकट गर्नुभयो । कुक पेशाको रूपमा जापान प्रवेश गरेर निरन्तरको लगन र मेहनतले व्यवसाय स्थापना गरेको कुराको स्मरण गर्दै जापान प्रवेशको शुरुवाती दिनमा फुकुओकामा आफुले काम गरेको रेस्रेटुन्टका कम्पनीको मालिकलाई मुख्य अतिथिको रूपमा निमन्त्रणा गरिएको थियो।
कुक भिषाबाट आफ्नै व्यवसाय गर्न सुरुवाती चरणमा कठिन भएपनि साहस र हिम्मत गरेर अगाडि बढेको बताउनुभयो।
स्थापनाको २१ औँ वर्षको अवसर पारेर दिपवे जापानले आफ्ना रेष्टुरेन्टका सबै ग्राहकलाई लक्षित गरी १ हप्तासम्मको निम्ति २० प्रतिशत छुट अफर योजना सार्वजनिक गरेको छ!
जापानी, नेपाली, ईन्डियन,थाई,बंगलादेशका १५० जना भन्दा बढी कर्मचारि उपस्थिति रहेको कार्यक्रममा प्रत्येक वर्ष प्रदान गर्दै आएको प्रमाणपत्र बितरण यस वर्ष पनि कम्पनीमा काम सुरुवात गरी पाँच वर्ष पार गरेका १० जना भन्दा बढिलाई प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
नववर्ष २०२४ को सुरुवात संगै भावी योजनाहरुका बारेमा बताउँदै सन २०१३ देखि हालसम्म भाडामा सन्चालन गरेको १७० चुबोमा बनेको जमीन सहितको दुई तले फुडस्टोर छिटै कम्पनीको आफ्नै निजी सम्पत्ति हुने कुराको जानकारी गराउनु भयो।
कम्पनीले २०औँ रेष्टुरेन्टको शाखा यही मार्च महिना भित्रै टोक्योमा र २१ औँ शाखा ओसाका शहरको ओसाका ऊमेदा स्टेशनमा जुलाई महिना सम्म खोल्ने जानकारी दिनुभयो।
कम्पनीमा कार्यरत कर्मचारिको हक,हित र सुरक्षाको निमित्त जागिर गरिरहेको अवस्थामा होस् या छुट्टीको समयमा अचानक बिरामी एवम् दुर्घटना भइ उपचारको निमित्त १० लाख येन र आकस्मिक दुर्घटना भई मृत्युवरणको अवस्थामा परिवारलाई १ करोड येनसम्म सहयोग गर्ने कम्पनीले बताएको छ।
अहिले सम्म कम्पनीबाट सिमीत कर्मचारीले मात्रै पाऊने गरेको वार्षिक वोनसको सुबिधा अबदेखि सबै कर्मचारीको प्रोत्साहन योजना अन्तर्गत इमान्दार र जिम्मेवार सबै कर्मचारीलाई उनीहरूको कामको मूल्याङ्कन गर्दै वर्षमा एकपटक आफूले पाएको तलब बराबरको बोनस सुविधा प्रदान गरिने बताउनुभयो।
कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि गर्दै आइरहेको छ। दिपवे फाउण्डेशन मार्फत विभिन्न आपतकालिन घटना हरु, नेपालमा आइपर्ने विभिन्न प्रकोप तथा जापानमा नेपालीहरु समस्यामा पर्दा आर्थिक सहयोग गर्दै आइरहेको छ।
जापानभरी यस कम्पनीका १९ वटा शाखाहरु संचालित छन् भने ५०० भन्दा बढि रेष्टुरेण्टमा आवश्यक खाध्य तथा अत्यावश्यक सामाग्री विक्रिवितरण गर्दै आइरहेको छ।

