शुक्रबार, बैशाख ११, २०८३

जापान एअरलाइन्सको विमानसँग ठाेकिएकाे तटरक्षक विमानमा रहेका पाँचको मृत्यु,विमानका ३८९ जनाको उद्धार

जापान । जापानको हानेदा विमानस्थलको रनवेमा दुई वटा विमान ठोकिँदा तटरक्षक विमानमा रहेका छमध्ये पाँच जनाको ज्यान गएको छ ।

विमानस्थलमा अवतरणका क्रममा जापान एअरलाइन्सको विमान रनवेमा रहेको तटरक्षक विमानमा ठोकिँदा दुई वटै विमानमा आगलागी भएको थियो । आगलागीपछि जापान एअरलाइन्समा रहेका तीन सय ७९ यात्रु र चालक दलका सदस्यलाई सुरक्षितरूपमा बाहिर निकाले पनि तटरक्षक विमानका पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

विमान ठोकिएर लागेको आगो दुई घण्टासम्म पनि अग्नि नियन्त्रकले निभाउन सकेका छैनन् । अहिले हानेदा विमानस्थलबाट हुने सबै उडान स्थगित भएका छन् ।