सोमबार, बैशाख ०७, २०८३

अर्घाखाँची समाज जापानले पाँचौ अधिवेशनबाट १० लाखको अक्षयकोष स्थापना गर्ने

जापान । अर्घाखाँची समाज जापानको आसन्न पाँचौ अधिबेसनको तयारी पूरा भएको छ। समाजका अध्यक्ष दीपक थापाको अध्यक्षतामा बसेको २०२२/०२४ कार्यकालको अन्तिम बैठकले अधिवेशनको तयारीका लागी बिभिन्न उप-समिति बनाएर काम गरेको थियो।

आगामी अधिवेशनमा समाजले ८० जनालाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गर्ने छ। मातृ जिल्ला संग निरन्तर सहकार्यका लागी यसै अधिवेशन बाट रू.१० लाखको अक्षयकोष स्थापना शुभारम्भ गर्ने तय भएको छ।
समाजले संस्थापकहरू तथा पूर्व अध्यक्षलाई सम्मान गर्ने र कार्यसमितिमा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका कार्यसमिति सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गर्ने छ। अधिबेशनमा महासचिवले सांगठनिक प्रतिवेदन, कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र विधान संशोधन उपसमितिले संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
समाजका सचिव अर्जुन आचार्यको संयोजकत्वमा अभिनाश जी.सी,मनीष खनाल, सरोज भुषाल,निरंजन खड़का, मधु क्षेत्री, अशीम खनाल, केशव रेश्मी लगाएतको अधिवेशन व्यवस्थापन समिति बनाईएको छ।
नयाँ वर्षको अवशरमा शुभकामना आदान प्रदान गर्दै पाँचौ अधिवेशनले २०२४/०२६ कार्यकालका लागी नयाँ कार्यसमिति चयन गर्ने छ।