टोकियो । गुल्मेलीहरुको संस्था गुल्मेली समाज जापानको पाँचौ अधिवेशन जनवरी ५ तारिख टोकियोमा हुने भएको छ ।
गुल्मी जिल्लाबाट जापानमा आइ विभिन्न पेशा, ब्यवसायी, अध्ययन गर्ने गुल्मेलीहरुको संस्था गुल्मेली समाज जापानको पाँचौ अधिवेशन जनवरी ५ तारिख टोकियोमा हुने भएको हो ।
गुल्मेली समाज जापानको बृहत् सांस्कृतिक कार्यक्रम सहित अधिवेशन जनवरी ५ तारिख हुने समाजका अध्यक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिनुभयो ।
नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु गायक खुमन अधिकारी, गायिका शान्तारानी परियार, हास्यकलाकार पुर्खे बा को बेजोड प्रस्तुति सहित गुल्मेली समाज जापानको पाँचौ अधिवेशन नयाँ वर्ष २०२४ को शुभारम्भ संगै हुने अध्यक्ष अधिकारीले बताउनु भयो ।
जनवरी ५ तारिख सहित हुन गइरहेको गुल्मेली समाज जापानको पाँचौ अधिवेसनमा समस्त गुल्मेली लगाएत जापानबासी दिदिबहिनी दाजुभाईहरुलाई उपस्थितिको लागि समाजले हार्दिक अपील गरेको छ ।

