टोकियो । प्रवासी नेपालीहरूमा आपसी सद्भाव ,भाइचारा र एकताको अभियान ज्ञान सिप र पुँजीको लगानीसहित संवृद्ध नेपालको लागि नबौँ अधिवेशन भन्ने मूल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च जापानको अधिवेशन जनवरी २८ तारिख टोकियोमा हुने भएको छ ।
मञ्चको तयारी बैठकले जनवरी २८ तारिखका दिन अधिवेशन गर्ने निर्णय गरिएको मञ्चका महासचिव बाबुराम पौडेलले जानकारी दिए ।
जनप्रगतिशील मञ्च जापानले भर्खरै जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि आर्थिक सहयोग सङ्कलन गरी नेपाल पठाएको थियो । नेपालमा आई पर्ने यस्ता खाले विपतहरुमा हातेमालो गर्नका लागि पनि प्रवासमा यस्ता संस्थाहरुको खाँचो रहेको मञ्चका अध्यक्ष भवानी पन्त बत्ताउँछन् । मञ्चले यसै कार्यकाल भित्र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जापान घुम्ने अवसर मिलाएको थियो ।
जनवरी २८ आइतबार टोक्योमा हुन लागेको महाधिवेशनमा जनप्रगतिशील मञ्चका प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा लगायतको उपस्थितिमा गर्न लागेको प्रचारप्रसार उपसमिति संयोजक रामकृष्ण भण्डारीले जानकाी दिभ ।
मञ्चले ७ क्षेत्रीय अधिवेशन समेत गरिसकेको छ भने आगामी जनवरीमा हुने अधिवेशनको प्रचारलाई तीव्रता दिँदै तयारी थालेको छ । यो अधिवेशनले आगामी दुई बर्से कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।


