शुक्रबार, बैशाख ११, २०८३

नेपाली र्‍यापर दोङको टोकियो र नागोयामा सांगितिक कार्यक्रम हुने

जापान । अँग्रेजी नयाँ बर्षको अवसर पारेर नेपाली र्‍यापर आका दोङको जापानमा सांगितिक कार्यक्रम हुने भएको छ ।
जापानको नागोया र टोकियोमा ‘दोङ लाईभ इन टोकियो’ सांगितिक कार्यक्रम हुने भएको हो । भने नागोयामा ‘दोङ लाईभ इन नागोया’ हुने भएको हो ।

चर्चित र्याप गायक दोङ अर्थात् महेश दोङलाई जापान बोलाएर र्‍याप गीत सङ्गीतलाई मन पराउने जापानबासी नेपाली युवामाझ प्रस्तुत गर्न लागेको गज्जब इन्टरटेन्मन्टका सचिन श्रेष्ठले जानकारी दिए ।
आका दोङ नामले परिचित महेश दोङको लाईभ प्रस्तुति रहने गरि मध्य टोकियोको सिञ्जुकु खाबुकि चोमा रहेको भव्य क्लवमा कार्यक्रम गरिन लागेको आयोजक टिमका श्रेष्ठको भनाई छ।

‘नयाँ वर्ष २०२४ मा र्‍याप संगीतप्रेमी नेपाली युवालाई लक्षित गरि दोङ लाईभ इन नागोया र टोकियो गर्न लागेको राजिब लामाले बताए।
‘दश टाउके रावण’ दोङको चर्चित गीत हो । दोङ सांगितिक कार्यक्रमहरुबाट राम्रै पारिश्रमिक लिने महंगा र्‍यापरमा गनिन्छन् ।

नयाँ वर्ष २०२४ को जनवरी ६ तारिख शनिबारका दिन बेलुका ५ बजेदेखि हुने उक्त कार्यक्रम जापानको टोकियो स्थित व्यस्त र सहज पहुँच भएको क्षेत्र सिन्जुकुमा हुनेछ भने नागोयाको उतागे तातेमाची बिल्डीनमा हुने आयोजकले जानकारी दिएको छ ।