टोकियो । राप्ती समाज जापानको अध्यक्षमा पञ्चबीर चौधरी निर्वाचित हुनु भएको छ । टोकियोमा डिसेम्बर ३ तारिख आइतबार सम्पन्न चौंथो अधिवेशनबाट चौधरी सर्वसहमत अध्यक्ष निर्वाचित हुनु भएको हो ।
जापानमा बसोवास गर्ने राप्तीका नेपालीहरुको साझा संस्था राप्ती समाज जापानको आईतबार चौंथो अधिवेशन सम्पन्न भएको थियो ।
समाजको नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा चौधरी सहित, वरिष्ट उपाध्यक्षमा प्रकाश ओली, उपाध्यक्षहरुमा केशब भण्डारी, कमल सोनी र युबक शाही, महासचिवमा सुन्दर अधिकारी, सचिवमा सुगम बस्याल, सहसचिवमा मनोज केसी, कोषाध्यक्षमा सुरेश पोख्रेल,सहकोषाध्यक्षमा किरण जि एम र प्रबिन शर्मा, प्रवक्तामा दल हरिभक्त ओली तयन भएका छन् ।
त्यसैगरि कार्यसमिति सदस्यहरुमा चन्द्र घर्तिमगर, सुन्दर शाह, निरज ओली, यमलाल पन्थी, सुरेश शर्मा, राजु भुसाल, भरत डागी, सुनिता शाही, हस्तलाल पुन, देव मगर , शिव राज बिक, सरला पोख्रेल रेग्मी र प्रतिमा गौतम रहेकी छन् ।
संरक्षक तथा सस्थापकहरुमा बिशेस्वर रेग्मी,युबराज रेग्मी र मनराज बिस्वकर्मा चयन गरेको छ भने सल्लाहकार समितिमा शिव राज भट्टराई, कमल बाठा, प्रेम प्रकाश रोक्का मगर,सरद पोख्रेल र आयूश्मा पुनलाई चयन गरेको छ ।
तत्कालिन राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार, व्यवसायी, अध्ययन, रोजगारको शीलशिलामा संलग्न जापानमा कृयासिल संघ संस्था जस्तै यो संस्थाले पनि सामाजिक कार्यहरु गर्दै आएको छ । २०१३ मा गठन भएर यस संस्था सामाजिक काममा सधै सक्रिय रुपमा अगाडी बढिरहेको समाजका नवनिर्वाचित अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।
जापानमा रहनुभएका राप्तीबासी एक आपसमा परिचित भएर आपसमा दुख-सुख,सर-सहयोगको साटासाट गर्न सुन्द राप्ती हामी सबैको राप्ती भन्ने भावनाका साथ राप्ती अंचलका बिभिन्न चाडपर्व, संस्कृतीहरु एकसाथ सामुहिक रुपमा जापानमा पनि मनाउने संस्कारको बिकास गर्ने, साथै जापानमा पनि आफ्नो कला, संस्कृतीको परिचय दिइ पर्यटन प्रबर्द्धनमा भूमिका खेल्ने, आफ्नो मातृभुमिको बिकासमा सानो भएपनी योगदान गर्ने उद्देश्यले खासगरी राप्ती अंचलका बिकासको पहुँच भन्दा बाहिर रहेका ठाँउमा शिक्षा, स्वास्थ्य, संस्कृति, तथा आर्थिक विकासमा सहयोगि भूमिका खेल्ने,नेपाल राप्तीमा भैपरी आउने बिभिन्न मानविय सहयोग कार्यमा सकृय भूमिका निभाइनुका साथै जापानमा रहनु भएका सम्पूर्ण संघ सस्था सँग सहकार्य गर्दै नेपालीहरुको हकहित संरक्षण र प्रबर्धन र बिकास गर्ने समाजले जनाएको छ।


