मनीष खनाल,टोकियो । अर्घाखाँची समाज जापानले २०८० को दीपावली९तिहार०, छठ एवम् नेपाल संवतको शुभ(अवशरमा शुभकामना आदान प्रदान एवम् देउसी भैलो कार्यक्रम २०२३ नोभेम्बर १२ तारिखका दिन टोकियोको शिनओकुबोमा संपन्न गरेको छ।
कार्यक्रम संयोजक एवम् समाजका उपाध्यक्ष कृष्ण केसी को अध्यक्षतामा संपन्न भएको कार्यक्रममा समाजका अध्यक्ष दीपक थापा, सल्लाहकार एवम् संरक्षक बाबुराम पौडेल, नेपाल सरकारका उपसचिव खीम राना मगर सल्लाहकार इन्दिरा खनाल, मगर संघ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर लगाएतको आतिथ्यता रहेको थियो।
कार्यक्रमको स्वागत मन्तब्य कोषाध्यक्ष टोप बहादु घर्तीले गर्नु भएको थियो। कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य दिदै समाजका गतिविधिलाई शसक्त र प्रभावकारी बनाऊदै प्रवासमा पनी हाम्रा मौलिक संस्कृतिलाई जगेर्ना र संरक्षण गर्दै लैजानु पर्नेमा जोड़ दिनु भयो। कार्यक्रममा अध्ययन भ्रमणका शिलशिलामा जापानमा रहनु भएका खीम राना मगरलाई सम्मान गरीएको थियो। मौलिक देउसी भैलो तथा सोरोठी भाकामा सहभागीहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो।
कार्यसमिति सदस्य एवं कलाकार चेतन घर्ती मगरले मनोरंजन प्रदान गर्नु भएको थियो। समाजका सचिव संगीता थापा, अभिनाश जीसी कार्यसमिति सदस्य दिल श्रेष्ठ, निरंजन खड़का, सरोज भुसाल, केशब रेश्मी, मनीष खनाल, असीम खनाल लगाएतले कार्यक्रमको ब्यवस्थापन गर्नु भएको थियो। कार्यक्रमको संचालन समाजका सचिव अर्जुन आचार्यले गर्नु भएको थियो।

