जापान । दिदी-बहिनी समूहको आयोजना र गैरआवसीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा सामूहिक भाइ-टीका कार्यक्रम हुने भएको छ।
नेपालीहरुको दोस्रो ठुलो चाड दीपावलीको अवसरमा यही नोभेम्बर १५ तारिखको दिन सामूहिक भाइ-टीका कार्यक्रम आयोजना हुन लागेको एनआरएनए एसिया प्यासिफिक क्षेत्रको महिला संयोजक अनिता गुरुङले जानकारी दिइन्।
सामूहिक भाइ-टीका कार्यक्रम रोयल गार्डेन रेस्टुरेन्ट सिन्जुकु सिटी, टोकियोमा दिउँसो १२-४ बजेसम्म चल्ने जनाएको छ।
गुरुङको अगुवाइमा गत वर्षको शुभ दीपावलीमा पनि सामूहिक भाइ-टीका कार्यक्रमको आयोजना गरिएको थियो।
नेपालीहरुबीच भातृत्वको विकास गराउने उद्देश्यसहित सामूहिक भाइ-टीका कार्यक्रम गर्न लागिएको गुरुङले बताइन्।