शिव प्रसाद पौडेल ।
गैरआवासीय नेपाली संघको निर्वाचित अध्यक्ष डा. बद्री केसी टिम तथा स्वघोसित अध्यक्ष आरके शर्माको टिमले ५० लाख भन्दा बढी डाईस्पोराका नेपालीहरुको विश्वासको केन्द्र एनआरएनलाई तहसनहस बनाएर फूटको संघारमा पूर्याएका छन।
एनआरएन फूटाउने श्रेय मुख्य रूपमा नबनिर्बाचित अध्यक्ष डा. बद्री केसीज्यु र निबर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेस्ठज्युलाई जानेछ।
तल उल्लेखित २ आधारमा केही निष्कर्ष सहितको बिचारहरु प्रस्तुत गर्दछु।
१)मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निस्पक्ष चुनाब गराउन सफल भएको र उक्त चुनाबको दौरानमा तत्कालीन अध्यक्ष बद्री केसीज्यु , तत्कालीन उपाध्यक्ष महेस श्रेस्ठज्यु र भेरो भोटिंग कम्पनीका डाइरेक्टर मिचेल ग्रेगज्यु संग पटक पटक भएको सम्बादका आधारमा।
२)मैले नेपाल स्थित २३-२५ को चुनाबमा समेत प्रतक्ष ऊमेदवारी दीई मेरो ४ जाना उमेदवार साथीका बीचमा अत्यान्त झीनोमतले दोस्रो बरियतामा उपबिजेता भएको समेत भएको माथीका दुई अनुभबका आधारमा निम्नानुसार निचोड तथा निर्वाचित टिम बद्री, टिम महेश , निर्बाचन मण्डल र भेरो भोटिंग सिस्टम का सम्भाबना , जिम्मेबार तथा कमजोरीहरु निम्नानुसार केलाएको छू।
१) एनसीसी हरुमा सर्बोकृस्ट सफ़ल एनसीसी जापानको चुनाबको संघार तत्काली अध्यक्ष डा बद्री केसी र तत्कालीन उपाध्यक्ष महेश श्रेष्ठज्यु ले कतीपयकुरामा प्रतक्ष तथा अप्रतक्ष दक्खल दिन खोजेको तर म सहितको निर्बाचन मण्डल निर्बाचन नियमाबलीमा अडिक रहेको
२) एनसीसी हरुका निर्बाचन पश्चाट डा. बद्री तथा महेश श्रेष्ठले आ-आफ्नो निर्बाचन प्रचारप्रसारको क्रममा एनसीसी हरुमा भएको निर्बाचनलाई आफ़ूहरुले गर्दा भेरो भोटिंग सिस्टम ल्याउन सफ़ल भई निस्पक्ष निर्बाचन गराउन सफ़ल भएको भनि निस्पक्ष निर्बाचन तथा भेरो भोटिंग सिस्टमको राम्रो जस सम्पूर्ण दुईजानाले मात्र लियको निस्पक्ष निर्बाचन गराउन सफल एनसीसी हरुलाई कुनै भूमिका तथा सरोकार नदीएको। ३) डा. बद्री तथा महेसज्युको प्रमुख मातहतमा बनाइएको आईसीसी निर्बाचन मण्डललाई दुबैले अत्यान्त बिस्वागरीएको तथा दुबैले कुनै अनुगमन नगरीएको ।
त्रिपक्षीय कमजोरीहरू
1) निर्बाचन मण्डललाई पुर्ण बिस्वास गर्नु २) निर्बाचन भेरो सिस्टमबाट प्राप्त नतीजाको कच्चा डाटालाई कुनै अनुगमन नगरी हतारमा बाहिरल्याईनुमा प्रमुख कमजोरी अध्यक्ष डा. बद्री केसी लगाएत निर्बाचन मण्डल र टिम महेश तथा टिम आर्केको पनि केही अपरिपक्कता र कमजोरी थियो
३) देश बाहिर रहने सम्पूर्ण नेपाली हरुको आस्थाको केन्द्र बनाऊन खोजेको एनआरएनलाई निर्बाचन पुर्बनै भेरो सिस्टममानै नो भोटिंग जस्तो नालाएकी सिस्टम राखी आ-आफूहरुले नालायकी पन देखाई एनआरएनलाई नै नो भन्न खोजीएको र भोटर हरुलाई भोट खेर फाल्न बाध्य बनाईएको। ४) दुई पक्षले निर्बाचन परीणामालाई अस्वीकार गर्दै गर्दा भेरो बोटिंग सिस्टमको नियम अनुसार निर्बाचन मण्डलबाट २ जाना, आईसीसीबाट २ जाना, स्वतन्त्र सिस्टम ईन्जीनियर २ जाना र नेपाल सरकारको प्रतिनिधी १ जानाको टोली बनाई ७ जानाको छानबिन टोली बनाऊन नसकेको।
५) भोट गरेको log Data, भेरो सिस्टमले दीएको नतीजा , निर्बाचन मण्डलले सार्बजनिक गरेको नतीजा, सार्बजनिक गरीयको तथा भेरो सिस्टमलाई पठाईएको ४६०० जानाको Databases बिस्लेसण गर्न नसकेको। उक्त ७ जानाले ४६०० जानाको Data आर्डिट गरी आस्ट्रेलिया स्थित भेरो सिस्टमको कार्यालयमा प्रतक्ष ऊपस्थिती जनाई log Data मगाउन नसकेको।
६) बिशेस गरी असन्टूस्ट २ पक्षले अहिले पररास्ट्र मंत्रालयलाई समेत अनुरोध गरी भेरो सिस्टम कंपनी संग माथी ऊल्लेखित ४,५ नम्बर अनुसार log Data मगाउन तीर नलागी काम कुरा एकातिर कुम्लो बोकी ठीमी तीर जस्तो लज्जास्पद रूपमा स्वघोसित टिम बनाऊन टीम बनाऊन तीरलागी एनआरएनलाई फुटको संघारमा लग्न खोजेको र नबनिर्वाचित भनियको टिमले समेत उपबीजेता भनियको टिमको मुद्दाहरु सुनुवाई तीर नलागी अनाबस्यक होहल्लातिर लागेको।
सम्भावना
१) जापान स्थित निर्बाचनको सीलसिलामा जापानको निर्बाचन मण्डल म आफूले पनि भेरो सिस्टमका बारेमा बूझेको बुझाई , उक्त सिस्टमका मालिक ग्रेग मिचेलज्यु संग पटक पटक गरेको सम्बाद र स्वयम डा बद्री केसी र महेश श्रेस्ठज्युले उक्त कंपनीको बारेमा दीएको जानकारी र वाहाहरुले लीन खोजेको जसको आधारमा पनि भेरो सिस्टमले आफ़ुले प्राप्त डाटालाई दुरुपयोग गरी सिस्टम मेनुपुलेट गर्न सक्दैन। किनकी उक्त कम्पनी अस्ट्रेलियन सरकार संग मान्यता प्राप्त बहुरास्ट्रिय कम्पनी हो र ४६०० जानाको सस्तो निर्बाचनको लागी आफ्नो छबि नबिगार्ने सम्भाबना हुन्छ कीनकी भबिश्यका ठुला ठुला अन्य देशहरुका चुनाब गराउन बाट बांचित हुन चाहान्न तर भेरो सिस्टम संग अनिबार्य log data मगाउन सक्नु पर्छ।
२) निर्बाचन मण्डलको अपरिपक्वता र नेपालको निर्बाचन मण्डल र आईटी टिमले भेरो सिस्टमलाई पठाएको डाटा र सार्बजानिक गरेको डाटा फरक पनि हुन सक्छ यसको लागी माथी उल्लेखित ७ जनाको छानबिन कमिटीले भेरोको कंपनीमा गई log data मगाउन सकीयमा दूधको दूध पानीको पानी छुट्ट्याउन सकीने छ।
जापान स्थित महेश श्रेष्ठ र मेरो आफ्नो कम्जोरी।
१) जापानबाट बिभिन्न पदमा छरपस्ट उठेका ऊमेदवार हरुलाई अध्यक्ष पदका ऊमेदवार महेश श्रेष्ठज्युको संयोजकत्वमा सके सम्म थोरै ऊमेदवार ऊठाउन र एक पदमा एक उमेंदवार मात्र उठाउन केही पहल नगरीनु। मैले पनि कोशिश गरेता पनि निस्कर्समा पूर्याउन नसक्नू।
२) जापान बाट छरपस्ट उठेका उमेदवार हरुले जापानको प्रतिष्ठा जोगाऊन र जापान बाट एकजुट हुनु भन्दा पनि आ-आफू जस्तो सुकै हर्कत गर्न पछी नपर्नु।
३) महेस श्रेष्ठज्युलाई लीडर मानेर म लगाएत एनसीसी जापानले बिभिन्न पहल गर्न खोज्दा पनि महेस श्रेष्ठज्यु लगाएत वाहाको टिम जापानका मतदातालाई समेत कुनै सरोकार नराखी अमुक पाटीमात्रको बहकाऊमा लाग्नु ग़ल्ती थियो ।
लेखक : निर्वर्तमान अध्यक्ष,एनआरएनए जापान