शुक्रबार, बैशाख ११, २०८३

टोकियोमा नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले सामुहिक म्हँ पुजा गर्दै

जापान । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यस वर्ष पनि टोकियोमा सामुहिक म्हँ: पूजा तथा नेपाल संम्बत ११४४ को शुभकामना आदनप्रादन कार्यक्रम आयोजना गर्नेभएको छ ।

नेवा: फोरम जापानले यस वर्ष नोभेम्बर १८ तारीख टोकियोमा सामुहिक म्हँ: पूजा तथा नेपाल संम्बत ११४४ को शुभकामना आदनप्रादन कार्यक्रम आयोजना गर्नेभएको हो।

नेपाल एक बहु-भाषिक, बहु-धार्मिक अनि बहु- संस्कृतिले धनी देश हो । त्यस मध्ये पनि विभिन्न संस्कृतिले धनी नेवाः समुदयाको स्वन्ति (तीहार) अथवा म्हँ पुजा एक ठुलो पर्व हो । म्हँ पुजा अर्थात जिउ शुद्ध गर्ने हेतुले आफ्नो लगायत आफ्नो परिवार, आफन्तजनको शरीरको पुजा गरिन्छ । शरीरमा कुनै पनि रोग व्याद नलागोस्, भएको रोग पनि निको होस् भनेर कामना गरिन्छ ।

यस कार्यक्रममा नेवार मात्र नभई अन्य जातीका तथा समुदयाको व्यक्तिहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ । नेवार परम्परा , नेवारी खानामा ईच्छुक हुनुहुन्छ भने अवस्य पनि सहभागी जनाउनुहुन आयोजक संस्थाले जापानवासी नेपालीमा अनुरोध गरेको छ।

म्हँ:पूजामा सहभागी हुन ईच्छुक व्यक्तिहरूले पहिलेनै सम्पर्क गरेर आफ्नो नाम टिपाउनु पर्नेछ यसको कारण म्हँ पुजाको लागि प्रत्येक व्यक्तिको लागि मण्डप बनाउनु पर्ने भएकोले पनि पहिले बाट सहभागी संख्या तय गर्न आवश्यक रहेको संस्थाले जनाएको छ। पहिलेबाट नाम नटिपाएको व्यक्तिहरूलाई मण्डप व्यवस्था गर्न नसकिने हुनसक्ने भएकोले सहभागी ईच्छु सबैले नाम टिपाउन हुनपनि आयोजक संस्थाको महा-सचिव शिव तण्डुकारले अनुरोध गर्नुभएको छ ।
सहभागिताको लागि नाम टिपाउन र कार्यक्रम सम्बन्धि अन्य जानकारीको लागि संस्थाको प्रतिनिधिलाई सम्पर्क गर्नसक्नुहुनेछ ।
080-6555-6667(शिव), 080-3259-6002 (रबी), 080-3259-6002(बाल),070-8953-2328 (बिगेन)