शुक्रबार, बैशाख ११, २०८३

जापानमा दैनिक उपभोग्य वस्तु किनमेल गर्न तेतो-तेतो एप सञ्चालन

टोकियो । जापानमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरु सहज रुपमा प्राप्त गर्न एक किनमेल एप्लिकेसन सञ्चालन गरिएको छ । जापानमा नेपाली लगायत बिभिन्न समुदायलाई किनमेल गर्न सहजता प्रदान गर्ने उद्देश्यले तेतो-तेतो (tetoteto) एप सञ्चालनमा ल्याइएको हो ।

आइतबार जापानमा पत्रकार सम्मेलन गरेर एप मार्फत जापानको जुनसुकै स्थानमा पनि खाद्यान्न सामाग्री अनलाईन मार्फत किनमेल गर्न सकिने कम्पनीका कार्यकारी निर्देशक तोरु मियाजावाले जानकारी दिनुभयो ।

साविक आशा बजार नामबाट सञ्चालित एपलाई थप व्यवस्थित र आवश्यक सम्पुर्ण सामानलाई एकत्रित गर्दै सहज तरिकाले किनमेल गर्न सकिने गरी नयाँ रुपमा सञ्चालन गरिएको हो ।
एममार्फत सामान खरीद गर्दा ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार क्रेडिट कार्ड, कम्बिनियल स्टोर्स, नगदमा रकम भुक्तान गर्नसक्ने आशिस मानान्धरले जानकारी दिनुभयो ।

तेतोतेतो मार्फत जापानमा सञ्चालित विभिन्न हलाल फुडको सामानको गुणस्तर तथा मुल्य तुलना गरी किनमेल गर्न सकिने छ । एपका साथै नेपाली समुदायलाई सहजता प्रदान गर्नका लागि जापानबाट नेपाल फर्केकाहरुको पेन्सन रकम फिर्ता सम्बन्धी सहयोग समेत गर्ने माया ओगासावाराले जानकारी दिनुभयो ।