शुक्रबार, बैशाख ११, २०८३

एनआरएनए चुनाव: मनदेखी सहयोग गर्न जापानका मतदातासंग महेश श्रेष्ठको आग्रह

टोकियो । गैरआवासीय नेपाली संघका अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले आसन्न निर्वाचनका लागि छनौट भएका जापानबाट महाधिवेशन प्रतिनिधिसँगको औपचारिक भेटघाट सम्पन्न गर्नु भएको छ ।
काठमाडौंबाट अध्यक्षमा उम्मेदवारी घोषण पश्चात जापान फर्किनु भएको श्रेष्ठले जापानको टोकियो, ओसाका, नागोया र फुकुओका शहरमा महाधिवेशन शुभचिन्तक तथा प्रतिनिधिहरुसँग भेटघाट गर्नु भएको हो ।
भेटघाटको क्रममा जापानबासी नेपाली समुदायको स्वागत र हौसल्लाले श्रेष्ठ थप उत्साहीत बन्नु भएको छ । भेटघाटमा श्रेष्ठले आफ्नो उम्मेदवारी र घोषणापत्रका विषयमा प्रष्ट पार्नु हुँदै सम्पूर्णलाई मनदेखी मत गर्न आग्रह गर्नु भयो ।

जापानका महाधिवेशन प्रतिनिधिसँगको भेटघाट सकाउँदै श्रेष्ठ अब यूरोप र मध्यपूर्व क्षेत्रको भ्रमण गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।