टोकियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसंग जापानवासीले अन्तरक्रिया गर्ने भएका छन् ।
टोकियोमा बुधवार नेपालमा लगानीको सम्भावना र एनआरएनएको भूमिका विषयमा अध्यक्ष ढकालसंग एनआरएनए जापानले अन्तरक्रिया तथा डिनर कार्यक्रम आयोजना गरेको छ।
ग्लोबल आईएमई बैंक तथा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालसंग जापानको राजधानी टोकियोस्थित शिनओकूबोको गजेबो रेष्टुरेण्टको सभाहलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एनआरएनए जापानका महासचिव टीकाराम खरेलले जानकारी दिनुभयो ।
जापानमा रहेका व्यवसायी, संघ-संस्थाका अग्रज तथा जापानवासी नेपालीहरुले अध्यक्ष ढकालसंग नेपालमा लगानीको सम्भावनाको विषयमा अन्तरक्रिया छलफल गर्ने भएकोले उपस्थितिको लागि गैरआवासीय नेपाली संघ अध्यक्ष नवीन निउरेले जापानवासीलाई अपील गर्नु भएको छ।