टोकियो । संविधान तथा राष्ट्रिय दिवस २०८० को अवसरमा जापानको राजधानी टोकियोमा विशेष समारोह सम्पन्न भएको छ ।
नेपाली राजदूतावास जापानले शनिवार एक समारोह आयोजना गरि राष्ट्रीय दिवस २०८० मनाएको हो ।
राजदूत डा. दुर्गा बहादुर सुवेदी (दुवसु ) ले कर्मभूमि जापानमा कर्मशील भएर काम गर्न नेपालीहरुलाई अपील गर्दै आफ्नो जन्मभूमिको लागि आफूले सक्ने योगदान गर्नसमेत आग्रह गर्नु भयो । कार्यक्रमलाई सम्बोधनकै क्रममा राजदूत डा. सुवेदीले जापानी नागरिकहरुसंग मिलर बस्न नेपालीहरुलाई अनुरोध गर्नु भयो ।
जापानमा नेपाल र नेपालीको परिचय, पहिचान एवं प्रतिष्ठा बढाउने प्राज्ञिक, वौद्धिक, साहित्यिक, सांस्कृतिक लगाएत कार्यहरु समन्वय तवरबाट गर्न अपिल गर्नु भयो। नेपाली समाजलाई जीवन्त र गतिशील बनाउन नेपाली भाषा, कला साहित्य, संगीत, संस्कार र संस्कृति एवं पर्व र परम्पराहरुको संरक्षण, सम्वर्धन अपरिहार्य रहेकोले यसको जगेर्ना सबै एक जुट हुनुपर्ने बताउनु भयो। राजदूत सुवेदीले कन्सुलर सेवालाई सरल, सहज, सुलभ र जनमैत्री बनाउन आजको काम आजै, भोलि नभन्ने नीति लागू गर्ने पहिलो निर्णय गर्नु भएको थियो।
नेपाली राजदूतावास टोकियोमा पद बहाली गरेसँगै एक वर्षअघि राजदूत सुवेदीले नेपाल सरकार र जापानस्थित नेपाली राजदूतावासप्रति सेवाग्राही तथा आम नेपाली नागरिकहरूको सकारात्मक भावना अभिवृद्धि गर्न राजदूतावासले प्रदान गर्ने राहदानी, प्रवेशाज्ञा, वारेशनामा तथा अन्य विभिन्न कागजातहरूको प्रमाणीकरण लगायतका आवश्यक प्रक्रिया पूरा भई कागजात पेश भएको अवस्थामा आजकै दिनबाट लागू हुने गरी आजको काम आजै, भोलि नभन्ने नीतिू लागू गर्नुभएको कुरा समेत जानकारी गराउनु भयो ।


