टोकियो । पाल्पा समाज जापानको तेस्रो अधिवेशन अक्टुबर ८ तारिखका दिन टोकियोमा हुने भएको छ ।
शिनओकुबोस्थित बारकाडे हलमा हुने सो अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गर्नुका साथै भावी कार्ययोजना तय गर्ने कार्यक्रम रहेको अध्यक्ष निरञ्जन गैरेले बताए ।
संस्थापक अध्यक्ष गैरेका अनुसार पाल्पा जिल्लाबाट जापान आई विभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान र रोजगारीमा संलग्न पाल्पालीहरुलाई एकताबद्ध गराउँदै प्रवासका भईपरिआउने समस्याहरुको संस्थागत तवरले समाधान गर्ने र गृहजिल्लामा पनि सक्दो मानवीय सहयोगका कार्यहरु गर्ने उद्देश्यले पाल्पा समाज जापानको २०१६ मा स्थापना भएको हो ।
ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक हरेक दष्टिकोणले अत्यन्त महत्वपूर्ण जिल्लाकारुपमा परिचित पाल्पा जिल्लाका विभिन्न ठाउँहरुमा रहेका प्राकृतिक सौन्दर्य तथा पर्यटकीय गन्तब्यहरुको पहिचान गरी जापानमा पनि यथोचित प्रचार-प्रसार गर्ने र पर्यटक भित्र्याउने सन्दर्भमा समाजले ठोस पहल गर्ने लगायतका कार्यक्रमलाई अधिवेशनले मुर्तरुप दिने बताईएको छ ।
अधिवेशनमा सहभागिताका लागि समाजले जापानका विभिन्न सहरहरुमा छरिएर रहेका पाल्पालीहरुलाई अपिल गरेको छ ।
सम्पर्कको लागि
पाल्पा समाज जापान
chairman निरञ्जन गैरे
मोबाइल ०७०४५१६११९०
मेल. Palpasamajjapan@gmail.com