टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको कार्यकाल(सन २०२३-२५ लाई लक्षित गरि खुला गरिएको सदस्यता आवेदन दिँदा प्राविधिक कारणले सदस्यता प्रमाणित नभएका आवेदकहरुबाट प्राप्त शुल्क सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिन निवर्तमान कार्यसमितिका उपाध्यक्ष राजकुमार अधिकारीले अनुरोध गरेका छन्।
अधिकारीले वर्तमान कार्यसमिति समक्ष,एनआरएनए जापानका पेन्डिङ सदस्यहरुद्वारा जम्मा गरिएको सदस्यता शुल्क फिर्ता गरिदिन अनुरोध पठाएर फिर्ता गर्न अपील गरेका छन ।
सदस्य बन्न आवेदन दिएर पनी Pending, Draft र Reject एनआरएनए मेम्बर हुन नसकेकाहरुको पैसा तत्काल फिर्ता गर्न अधिकारीको अपील गरेका हुन।
एनआरएनए जापानले सदस्यता आवेदन दिँदा तोकिएको शुल्क बैंक खातामा जम्मा गरेको रसिद अनिवार्य पेश गर्नुपर्ने नियम बनाउने गरेतापनि अस्वीकृत सदस्यहरुद्वारा प्राप्त शुल्क फिर्ता नगर्ने बिगतदेखि कै गुनासो रहँदै आएको छ ।
यस पटक लगभग ११ हजार जति आवेदन परेका थिए। त्यस मध्ये ७ हजार १ सय ६८ जनाको प्रमाणित भएको छ।
संघका प्रवक्ता खगराज गौतमका अनुसार शुल्क फिर्ता कसरी गर्न सकिने यसको किनारा लगाउन छलफल गरि एक कार्यदल बनेको छ र कार्यदलको रिपोर्टको आधारमा अन्तिम निर्णय हुने बताए ।