टोकियो । म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी संघ (मोना) राष्ट्रिय कार्यकारी समिती जापानको अध्यक्षमा बिशाल केसी चयन भएका छन ।
आईतवार टोकियोमा आयोजित आठौ अधिबेशन मार्फत २०२३-२०२५ कार्यकालको लागि अध्यक्षमा केसी सहित सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका प्रमुख तिलक मल्लले जानकारी दिनुभयो ।
सो अवसरमा शुभकामना मन्तब्य ब्यक्त गर्नुहुँदै मोना अन्तर्राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष ददिवल खड्काले म्याग्दी र समग्र नेपाल र नेपालीको दु:ख सुखमा सहयोगी बनेर मोना जापान अघी बढ्ने विश्वाश सहित अहिलेसम्मको काम र साथ सहयोग गर्नुहुने सबैमा धन्यवाद ब्यक्त गर्नुभयो ।
मोना जापानको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश श्रेष्ठ, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रीय उपाध्यक्षमा रुपेश पुन र अन्य उपाध्यक्षहरुमा प्रकाश तुलाचन, टिका छन्त्याल र महेन्द्र चोखाल चयन भएका छन् ।
यसैगरी महासचिवमा सागर कार्की, सचिवमा रेखा केसी, क्षेत्रीय सचिवमा उज्वल बानियाँ, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की र सहकोषाध्यक्षमा सुरेश पुन चयन भएका छन् भने प्रवक्तामा कमल बानियाँ चयन भएका छन् । यसैगरी युवा संयोजकमा सनम फगामी, महिला संयोजकमा कविता भट्टचन, खेलकुद संयोजकमा धना पुर्जा, साँस्कृतिक संयोजकमा गणेश छन्त्याल र पालिका संयोजकमा सुरेन्द्र सुनार चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा गणेश बानियाँ, बिनोद रेग्मी, उषा हमाल, बीरबहादुर गर्बुजा, दिपक सुबेदी, अश्विन भण्डारी, प्रदिप घर्ति मगर, जीवन थापा मगर, मनोज बानियाँ र सुबास खत्री चयन भएका छन् ।
मोना जापानका अध्यक्ष सचिन श्रेष्ठको सभापतित्व र मोनाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यता भएको आठौं राष्ट्रिय महाधिवेशनमा मोना जापानका वरिष्ठ उपाध्यक्ष बिशाल केसीको स्वागत मन्तब्य रहेको थियो ।
मोना जापानका सल्लाहकार समेत रहेका निर्वाचन समितिका संयोजक तिलक मल्लले नवगठित कार्यसमितिको घोषणा गर्नुका साथै शपथ ग्रहण गराएका थिए भने प्रमुख अतिथि र सभाध्यक्षले प्रमाणपत्र वितरण गरेका थिए ।
राष्ट्रियगानबाट सुरु भएको महाधिवेशन समारोहको प्रमुख अतिथि र सभाध्यक्षले दीप प्रज्वलन गरी उदघाटन गरेका थिए । महाधिवेशनको बिहानीको बन्दसत्रले कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र महासचिव गणेश श्रेष्ठद्वारा प्रस्तुत संस्थाको आर्थिक प्रतिबेदन र कार्यप्रगति प्रतिबेदनलाई पारित गरेको थियो । यसै गरी विधान संशोधन समितिका संयोजक ददिवल खड्काद्वारा प्रस्तावित विधान संशोधन प्रस्तावलाई बन्दसत्रको हलबाट प्राप्त सुझावहरुलाई समेट्ने गरी पारित गरिएको थियो । बन्द सत्रमा क्षेत्रीय समिति क्युशुका संयोजक दिपक बिक र क्षेत्रीय समिति नागोयाका संयोजक सागर थापा बगालेले आ-आफ्नो क्षेत्रको कार्यप्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
महाधिवेशन समारोहमा कामना फगामी, ट्रष्मी गर्बुजा, शिला गर्बुजा, सन्तोष पुन, शर्मिला पुन, गणेश छन्त्याल लगायतका कलाकारहरुको साँगीतिक प्रस्तुती रहेको थियो ।
महाधिवेशन समारोहमा जापानका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको शुभकामना मन्तब्य रहेको थियो ।