शुक्रबार, असोज ०५, २०८०

स्याङ्जा समाजको ‘तीज धमाका’ : दोहोरी च्याम्पीयनका प्रकाश जापान आउने

जापान । नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा स्याङ्जा समाज जापानले “तीज धमाका” कार्यक्रम गर्ने भएको छ ।
समाजका अध्यक्ष चित्र गुरुङका अनुसार कार्यक्रम यहि सेप्टेम्बर १७ आईतबार टोकियोको ओजी स्टेसनसँगै रहेको “चुजुची” हलमा कार्यक्रम गर्ने भएको छ।

समाजको स्थापना कालदेखि नै जापानको टोकियो, नागोया लगाएत विभिन्न शहरहरुमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपाली महिला दीदी बहिनी हरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेको स्याङ्जा समाज जापानले जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि यसपटक दोहोरी च्याम्पीयन “प्रकाश पराजुली” आउने पक्का भएको छ । प्रकाशसँगै चर्चित गीत “झ्यालमा पर्दा छ” गीतका गायिका सुमन थापा मगर, चर्चित तीज गीत “घर सुन्यै भो” का गायक घनश्याम रिजाल, चर्चित कार्यक्रम उद्घोषिका एवं उमादेवी खनाल, चर्चित गीत “जापानलेनी धोको पुर्यायो” का गायक समुन्द्रराज पौडेल लगाएत विभिन्न ख्याती प्राप्त कलाकारहरुसंगै जापानमा रहेका कलाकारहरुको प्रस्तुती सहितको कार्यक्रम आयोजना गर्न लागिएको र नेपालबाट आउने कलाकारहरुको भिसा आईसकेको जनाएको छ।
यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई कार्यक्रमबाट उठेका बचत रकमबाट जिल्लाका दुर्गम गाउँहरुमा “दन्त शिविर” साथै आपत कालीन “राहातकोष सहयोगार्थ“आयोजना गर्न लागिएकोले सम्पूर्ण जापानबासी दाजुभाई तथा महिला दीदी बहिनीहरूले भरपूर मनोरन्जन लिँदै यो पून्यको काममा सहभागी भईदिनुहुनको लागि कार्यक्रम संयोजक धुर्व ज्ञवालीले अनुरोध गर्नुभएको छ । समाजले गर्ने बार्षिक कार्यक्रममा यसपटक भने उपस्थित सम्पूर्ण दिदीबहिनीहरुलाई कार्यक्रम स्थलमै दरको पनि व्यवस्था गरिएको कार्यक्रम सह-संयोजक एवं उपाध्यक्ष सारा श्रेष्ठले जानकारी दिनुभएको छ ।
स्याङ्जा समाज जापानले बार्षिक कार्यक्रम गर्ने भएपनि यसपटक भने समाजको स्थापना दिवस पनि दर खाने दिनमै परेकोले उक्त दिन सबै जनालाई आजदेखि नै बिदा मिलाउन आयोजकले अनुरोध गरेको छ ।