शुक्रबार, असोज ०५, २०८०

एनआरएनए जापानको कार्यसमितिले पायो पूर्णता, प्रवक्तामा पत्रकार खगराज गौतम

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले पूर्णता पाएको छ । एनआरएनए जापान कार्यसमितिलाई पूर्णता दिंदै रिक्त पदहरुमा मनोनित गरेको हो ।

अध्यक्ष नविन निउरे नेतृत्वको नव निर्वाचित कार्यसमितिको प्रवक्तामा जापानमा रहेका पत्रकारिता गर्दै आएका खगराज गौतमलाई मनोनित गरिएको छ । संघका महासचिव टिकाराम खरेलका अनुसार सदस्य तर्फ मनोनित हुनेहरुमा महिला तर्फ मञ्जु गिरी, नारायण सुवेदी फुकुओका, अर्जुन केसी नागोया, ओसाकाबाट विष्णु सापकोटा ओसाका, सुरेस केसी कान्तो, राम बास्तोला र कृष्ण पोखरेल रहेका छन् ।

मनोनित गरिएकाहरुलाई अध्यक्ष नविन निउरेले एनआरएनए जापानको कार्यालयमा शनिवार शपथ ग्रहण गराएका थिए । प्रवक्तामा मनोनित भएपछि आईतबा पत्रकार खगराज गौतमलाई भेटघाट रेष्टुरेण्टमा एनआरएनए एसियाको डिआसी ददिवल खड्का, पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, पत्रकार विनेश खनाल, गोकर्ण अधिकारी , दिल्ली पाण्डे लगाएतको टोलीले बधाई दिएको छ ।