जापान । फुकुओकामा रहेका नेपालीहरूलाई लक्षित गर्दै हाम्रो नेपाल हामी नेपाली अभियानले बिद्यार्थीका चुनौती र अवसर का बिषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक समेत रहनुभएका संयोजक धर्म राज अधिकारीका अनुसार फुकुओकामा बहूसंख्यक मात्रामा बिध्यार्थीहरुको बसोबास रहेको र ऊनीहरुमा बिबिध किसिमका समस्याहरू देखीएकोले सोको न्यूनीकरण, अभिमुखीकरण र जनचेतनाका लागि बिद्यार्थीका चुनौती र अवसर का बिषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न लागिएको बताएका हुन ।
निजका अनुसार हाल करिब १२ हजार नेपालीले बसोवास गरेको जापानको क्युस्यु क्षेत्रको ८० प्रतिशत नेपालीको बसाई फुकुओका क्षेत्रमा रहेको देख्निन्छ।त्यसै गरि यसको करिव ६० प्रतिशत बिद्यार्थी र उनीहरुका परिवार रहेको पाईञ्छ हाल फुकुओकाबासी नेपालीहरुको बहुसंक्यक रुपमा रहेको बिद्यार्थी समुदायका गतिबिधि एबम जीवनशैलीले केहि गम्भीर प्रश्नहरु उठाई रहेको छ। उनीहरु मुलतः कुन बाटोमा छन् ? उनीहरुको लक्ष के छ ? त्यो लक्ष प्राप्त गर्न कति मिहेनत गरेका छन ? भन्ने कुराले दुवै नेपाली समुदाय र जापानी समुदायमा समेत चिन्ता प्रकट भएको पाईन्छ । यसै चिन्तालाई सम्बोधन गर्न उनीहरुलाई बेलामा नै सही सूचना र अभिप्रेरणा प्रदान गर्ने उद्द्येस्यका साथ हाम्रो नेपाल हामी नेपाली अभियानले बिद्यार्थीका चुनौती र अवसर का बिषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ। यो बिगत अभियानको चौथो अभिमुखीकरण कार्यक्रम हो।
जापान जस्तो पूर्ण विकसित र आधुनिक देशमा ठुलो लगानी गरेर आएका हाम्रा तरुणहरु किमार्थ असफल हुनु हुदैन भन्ने हाम्रो मान्यता छ। त्यसैले उनीहरु सफल बन्न र बनाउन उनीहरु सहित हाम्रो समाजको पनि दयित्वो रहेको कुरामा दुईमत हुन सक्दैन । त्यसैले हाम्रो सानो कोशिषले हाम्रा युवाहरुलाई आफ्नो उज्ज्वल भबिस्यको नक्शा बनाउन यस कार्यक्रम सफल रहने छ भन्ने हामीले विस्वास लिएका छौं ।
युवाहरुको सफलताको निर्णायक बस्तु भनेको उनीहरुको सोच विचार र ब्यबहार नै हो जसले उनीहरु लाई कर्मशील बनाउछ। उनीहरुले हिड्ने बाटो नै सहि हुनु पर्यो । गलत बाटो हिडेर लक्षमा कहिल्यै पुगीदैन भन्ने कटु सत्यलाई बेलामा नै महसुश गरेर सहि मार्गमा हिड्न प्रेरित गर्ने र हिड्न गाईड गर्ने उद्धेस्य यस कार्यक्रमले राखेको छ ।
कार्यक्रमलाई सार्थक र अर्थपूर्ण बनाउन टोकियोबाट महामहिम डा.दुर्गा बहादुर सुबेदी ज्यु प्रमुख आतिथ्यमा , विद्यान अथिति बक्ता जिज्ञान कुमार थापा सहित फ़ुकुओकाबाट पनि विभिन्न सरकारी कार्यालयका उच्च पदस्त ब्यक्तित्वहरुको सहभागिता र सम्बोधन रहेको कुरा पनि निबेदन गर्न गर्दछौं। साथमा विधर्थिकाल देखि संघर्ष गर्दै स्थापित हुन पुग्न भएका अग्रजहरुको पनि मार्मिक प्रस्तुति रहने छ।