जापान । नेपाल तामाङ समाज जापानद्वारा गर्मी मौसमसंगै आपसी सदभाव भाइचारा र एकता कायम राख्ने उद्देशय्ले सेप्टेम्बर १७ तारिखका दिन बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाल तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङका अनुसार कार्यक्रममा जापानमा रहेका तामाङ समुदाय ,जापानी नागरिकहरु र जापानमा क्रियाशील संघसस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने छ । साथै जापानमा रहेका सम्पूर्ण नेपालीहरूलाई उपस्थिति भई कार्यक्रमको शोभा बढाइदिन पनि अध्यक्ष तामाङले अनुरोध गर्नुभएको छ ।
कार्यक्रम राजधानी टोकियो रिन्काइचो, एदोगावा९कु, स्थित खासाइ रिन्काइ पार्क टोकियो बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म हुने तामाङ समाज जापानका सचिव तेज थिङले बताउनु भयो ।
नेपाल तामाङ समाज जापानले बिगत केहीबर्षदेखि बार्बेक्यु कार्यक्रमलाइ निरन्तरता दिदै आइरहेको छ ।