शुक्रबार, असोज ०५, २०८०

एनआरएनए जापानद्वारा तिज तथा ऋषि पञ्चमी विशेष कार्यक्रम गर्दै

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानद्वारा तिज तथा ऋषि पञ्चमी विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
जापानमा रहेका नेपाली नारीहरूलाई हरितालिका तिजको नियास्रो मेटाउन र नेपाली सस्कृति परम्परालाई दोस्रो पुस्तामा हस्तान्तरण गराउने उदेश्यले सेप्टेम्बर १९ तारिक टोकियोको कामता स्थित चौतारो रेष्टुरेण्टमा उक्त कार्यक्रम गरिने भएको कार्यकमकी संयोजक तथा एनआरएनए जापानकी सचिव चन्द्राकुमारी केसी अधिकारीले जानकारी दिइन ।

जापानमा रहेका नेपाली दिदीबहिनीको सहभागितामा मनोरन्जनसगै शुभकामना आदान प्रदान गरी आत्मीयता, सद्भाव बढाउदै रितीरिवाज, सस्कृतिलाई जगेर्ना गर्न कार्यक्रम गर्न लागेका हौ, कार्यक्रम संयोजक केसीले भनिन जापानमै जन्मेर हुर्कदै गरेका छोरा छोरीहरूलाई तीजको मौलिकता बारेमा जानकारी गराइ त्यसको सिको गराउने गरि कार्यक्रम आयोजना गरिएकोले पनि सम्पूर्णको उपस्थितिका लागि निमन्त्रणा गर्दछौें।

कार्यक्रममा नेपाली तीजमा गाइने मौलिक गीत, नृत्य चाडबाडमा लगाईने सस्कृति झल्किने नेपाली पोशाकको प्रोत्साहन लागि पुरस्कारको व्यवस्था गरिएको एनआरएनए जापानकी महिला संयोजक हेमा पाण्डे सपनाले जानकारी दिइन ।

प्रवासमा रहेका नेपाली दिदीबहिनीललाई तीजमा माइतीको झल्को मेटाउने अनुभव गराउनुका साथै नेपाली सस्कृति र परम्पराको संरक्षण संवर्दनका लागि एनआरएनए जापानले यस खालका कार्यक्रमलाई महत्वका साथ गर्ने अध्यक्ष नविन निउरेले बताए ।

कार्यक्रममा जापानमा रहेका लोक तथा दोहोरी गीतका कलाकारहरुको पनि विशेष प्रस्तुति रहने महासचिव टिकाराम खरेलले जनाकारी दिए । कार्यक्रमले एक आपसमा सद्भाव, आत्मीयता बढाउन मद्दत पुग्ने भएकोले सहभागिताको लागि जापानवासी नेपालीहरूलाई महासचिव खरेलले आग्रह गरेका छन ।