टोकियो । धादिङ समाज जापानले आउँदो सेप्टेम्बर १७ तारिख टोकियोमा तीजको दर खाने सहित सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
जापानको सरकारी निकायमा दर्ता भएर सञ्चालित संस्था NPO 法人धादिङ समाज जापानले नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको पावन अवसरमा तीजको दर सहितको सांगीतिक कार्यक्रम गर्ने भएको हो।
समाजका अध्यक्ष श्यामहरि तिम्सिनाका अनुसार अध्ययन, पेशा व्यवसाय तथा अन्य विभिन्न उद्देश्यले जापान आउपुगेका धादिङेली नारीहरुलाई तीजको अवसरमा,घरदेश नभए पनि परदेशमै भएपनी तीजको तिर्सना मेटाउने प्रयासस्वरुप समाजले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।
समाजका महासचिव विजय सडौलाले दिएको जानकारी अनुसार कार्यक्रम सेप्टेम्बर १७ तारिख आईबार टोकियो ओकुबोस्थित नेवा डाईनिङमा साँझ ५ बजेबाट १० बजेसम्म आयोजा हुनेछ।
कार्यक्रमा जापानमा रहेका गायक राजकुमार बानियाँ,खेमराज पौडेल,सोना केसी तथा सकुन्तला प्रसाईँले आफ्ना सांगितिक प्रस्तुती राख्ने छन।