जापान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौथो अधिवेशन तथा फोनिज जापानले आफ्नो स्थापनाको गरिमामय ७ बर्ष पूरा गरी ८ औँ बर्ष प्रवेश गरेको अवसर पारेर प्रकाशित गरेको “फोनिज आवाज” स्मारिकाको विमोचन कार्यक्रम एकै साथ गर्ने भएको छ ।
नेपाल जापान तथा अन्य देशमा रहेका बौद्धिक ब्यक्तित्वहरुको लेख, रचना, बिचार तथा शुभकामना सहित जापानमा रहेका एकल जातिय संस्थाहरुको संस्थागत प्रोफाइल, र जनजाति कलाकारहरूलाई नेपाली कला, साहित्य र गीत संगीतको क्षेत्रमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले जनजाति कलाकारहरूको प्रोफाइल स्मारिकामा समेटिएको फोनिज जापानले जनाएको छ ।
आगामी ३ सेप्टेम्बर २०२३ (भदौ १७ गते ) आइतबार बिहान ११:३० बजे ( जापानी समय)मा Kathmandu lounge & Bar (नेवा डाइनिङ) मा हुन गइरहेको कार्यक्रममा जनजाति पत्रकारहरूको सङ्गठन फोनिज जापानद्धारा प्रकाशित “फोनिज आवाज” स्मारिकाको विमोचन कार्यक्रममा जनजाति तथा गैर जनजाति जापानवासी नेपालीहरूलाई उपस्थित हुन फोनिज जापानले अनुरोध समेत गरेको छ ।
यसैबिच जापानमा रहेका आदिवासी जनजाति पत्रकारहरूलाई फोनिजमा आवद्ध गराउने उद्देश्यका साथ नयाँ सदस्यता आह्वान गरेको छ । आवश्यक मापदण्ड पुरा गरेका जनजाति पत्रकारहरुले यथाशाक्य छिटो आफ्नो कागजात र शुल्क फुरीकोमी गर्न पनि फोनिजले आग्रह गरेको छ ।
आवश्यक कागजातहरु
पूरानो सदस्यता नविकरणको लागि:
१. अघिल्लो वर्षमा प्रकाशित/प्रसारित समाचार सामग्रीको प्रतिलिपि वा
लिंक
२. शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
३. नागरिकता प्रमाणपत्र प्रतिलिपि
नयाँ सदस्यताको लागि
१. शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
२. आवद्ध मिडियाको सिफारिस
३. नागरिकता प्रमाणपत्र प्रतिलिपि
फुर्वा शेर्पा (अध्यक्ष)-080-9047-3348
सजिना मोक्तान (सचिव ) 070 1573 7023
श्याम मगर (कोषाध्यक्ष)070-4795-2300
Email -fonijjapan86@gmail.com
बैक खाता नं セルパ フルバ 10280-55837911