सोमबार, जेठ १८, २०८३

गायक करण राइले टोकियोमा एकल प्रस्तुति दिने

जापान । द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता गायक करण राइले जापानको टोकियोमा एकल प्रस्तुति दिने भएका छन्।
गोर्खाली इन्टरटेनमेन्ट एभेन्टले आयोजना गर्न लागेको म्युजिकल हुनर इभेन्टमा ३ सेप्टेम्बरका दिन आफ्नो प्रस्तुति दिने छन् ।

कार्यक्रम टोकियोमा रहेको बुन्क्यो सिविक सेन्टर हलमा आगामी सेप्टेम्बर ३ तारिख जापानको समय अनुसार साँझ ६:३० बजे सुरु हुने आयोजकले जनाएको छ ।

करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता हुन । राइले चौथो सिजन ग्राण्ड फिनालेमा टिम राजुबाट प्रतिस्पर्धा गरी दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको थियो ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फाेन पुरस्कार प्राप्त गरेका छन । ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए । जित हासिल गरेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिदै आइरहेका छन ।
विजेता गायक करण राईको ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ। कर्ण गुरुङको प्रस्तुति रहेको म्युजिक भिडिओ करण राई युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो। करणको स्वर रहेको गीतमा शब्द तथा संगीत डम्बर नेपालीको छ। त्यस्तै महाराज थापाको एरेञ्ज रहेको छ भने देबेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

शान थापाले निर्देशन गरेको म्युजिक भिडिओमा करण र मोडल पूर्णिका सिजापतिको अभिनय रहेको छ। टिस्टुङको मनोरम दृश्यमा सुटिङ गरिएको शानद्धरा निर्देशित म्युजिक भिडियओमा रोशन विश्वकर्माको कोरियोगाफी रहेको छ। अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडिओलाई सुप्रिम पराजुलीले एडिट तथा कलर गरेका छन्।