टोकियो । नवीन नीउरेको नेतृत्वमाँ निर्वाचित गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नवनिर्वाचीत कार्यसमितिको शपथ ग्रहण भएको छ ।
शनिवार टोकियोमा एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि निर्वाचीत अध्यक्ष नविन निउरे नेतृत्वको कार्यसमितिको अगष्ट १२ तारिख एक कार्यक्रमका बिच शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
निर्वाचन समितिले शपथ ग्रहण गराएसँगै शिव प्रसाद पौडेल नेतृत्वको कार्यसमितिलाई बिदाई गर्दै औपचारिक रुपमा निउरे कार्यसमितिले जिम्मेवारी सम्हालेको छ ।
शपथ ग्रहण कार्यक्रममा एनआरएनए जापान कार्यसमितिसँगै जापानबाट आईसिसिमा प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पनि निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
शपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचीत अध्यक्ष नविन निउरेले आफुले उम्मेदवारी घोषणा गरेको समयमा बोलेका हरेक शब्दलाई सम्झेर दुई वर्ष काम गर्ने प्रतिबद्धता जनाउँदै सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाली राजदूतावास जापानका राजदूत डा. दूर्गा बहादुर सुवेदी, एनआरएनए आईसिसी उपाध्यक्ष तथा अभियन्ताहरुको र जापानका विभिन्न संघ-संस्थाका नेतृत्वको उपस्थिति रहेको थियो ।