ओसाका। नेपाल मगर संघ जापान, क्षेत्रीय समिति कान्साई (ओसाका) को दोश्रो अधिबेसन – २०२३ सु – सम्पन्न भएको छ । २०२३/०७/२९ तारीक सनिबारका दिन पबित्र-इन्डियन/नेपाली रेष्टुरेन्ट सम्पन्न दोस्रो अधिवेशनबाट २०२३-२०२५ को कार्यसमितीमा नरेन्द्र थापा मगर अध्यक्षमा सर्वसहमत चयन हुनु भएको छ ।
समितिको उपाध्यक्षमा पुर्ण प्रसाद गर्वुजा मगर त्यस्तै गरेर अर्का उपाध्यक्षमा ओम बहादुर पुन मगर महिला उपाध्यक्षमा कल्पना पुलामी मगर सचिवमा नबिन थापा मगर सह-सचिवमा नबिन बुढाथोकी मगर कोषाध्यक्षमा चित्र पुन मगर सह-कोषाध्यक्षमा मिना पुन मगर र सदस्यहरू स्यारोन थापा मगर, देवी दर्लामी मगर, बिमल थापा मगर, अनिल पुर्जा मगर, लेखराज बलम्पाकी मगर, राजेस सिन्जाली मगर, डम्बर पुन मगर, टेक बहादुर पुन मगर, प्रसान्त लुंगेली मगर निर्वाचित हुनु भएको छ । त्यसै गरी संघको संरक्षकमा नर बहादुर जुग्जाली मगर रहनु भएको छ भने संघको सल्लाहकारहरुमा भिम काउचा मगर, मन बहादुर सलामी मगर, दिपेन थापा मगर र डेनीस पुन मगर रहनु भएको छ ।
उक्त अधिबेसनमा २०२१-२०२३ को कार्य प्रगती बिवरण सचिव नबिन थापा मगर ज्युले प्रस्तुत गर्नु भएको थियो भने , आर्थिक प्रतिवेदन चित्र पुन मगरज्युले प्रस्तुत गर्नु भएको थियो । संगै नेपाल मगर संघ जापान केन्द्र बाट आउनु भएको महासचिब ज्युले ” कान्साई क्षेत्रमा नेपाल मगर संघको क्षेत्रीय समितीले पारेको उत्कृष्ट र सकारात्मक प्रभावलाई स-धन्यवाद आभार प्रकट गदै आगामी कार्यकाल अझ सक्रिय बनेर धेरै राम्रा कामहरु गर्न सकोस” भनि शुभ-कामना व्यक्त गर्नु भएको थियो । भने अर्का नेपाल मगर संघ जापान केन्द्र बाटै आउनु भएको सह-कोषाध्यक्ष सबिन थापा मगर ज्युले ” संघको आर्थिक प्रतिवेदन चुस्त/दुरुस्त राख्न आग्रह गर्दै मगरहरुलाई र मगरको संस्कृती लाई विश्व सामु चिनाउनु अनि विश्वको मगरहरु गोलवन्द गराउन को निमित्त विभिन्नखाले कार्यक्रमहरु गर्न स-सक्त भुमिका निभाउनको लागी आह्वान गर्नु भएको थियो । नेपाल मगर संघ जापान विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहदै आएको छ ।