शुक्रबार, असोज ०५, २०८०

नेपाल मगर संघ जापान,क्षेत्रीय समिति तोकाई (नागोया)को अध्यक्षमा याम पाइजा मगर सर्वसम्मत

नागोया । नेपाल मगर संघ जापान, क्षेत्रीय समिती तोकाई (नागोया) को तेस्रो अधिबेसन – २०२३ सु – सम्पन्न भएको छ । २०२३/०७/३० तारीक आइतवारका दिन बागलुंग रेष्टुरेन्टमा सम्पन्न तेस्रो अधिवेशनबाट २०२३-२०२५ को लागि याम पाइजा मगर अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो।

त्यसै गरी उपाध्यक्षमा :- सुमन श्रिस मगर, महिला उपाध्यक्षमा :- मनिषा पाइजा मगर, सचिबमा :- केशब पुनमगर, सहसचिबमा :- मनोज खपांगी मगर, सहसचिबमा :- मिलन पुनमगर, कोशाध्यक्षमा :- पुस्कर आले मगर, सदस्यहरुमा :- सञ्जय थापामगर, बिपना थापामगर, नबिना घर्तिमगर, बबिता पुनमगर, भावना थापामगर, लीला बुढामगर, तनुजा पुनमगर, हरिचन्द्र पुनमगर, गिर बहादुर सिन्जाली मगर, शेस बहादुर थापामगर, समिर थापा मगर, शिव थापा मगर, कोपिला थापामगर र रुबिना थापा मगर निर्बाचित हुनु भएको छ । भने संरक्षकमा :- बिकास रानामगर रहनु भएको छ्।

उक्त अधिबेसनमा २०२१-२०२३ को कार्य प्रगती बिवरण सचिव चिना रोका मगर ज्युले प्रस्तुत गर्नु भएको थियो भने , “सामाजीक, पारिवारीक भैपरी आउने समस्याहरु निराकरण गर्नको लागि आर्थिक पक्षको ठुलो आवश्यक्ता रहेको छ ।” भन्दै आर्थिक प्रतिवेदन लोक बहादुर रोका मगर ज्युले प्रस्तुत गर्नु भएको थियो । संगै नेपाल मगर संघ जापान केन्द्र बाट आउनु भएको महासचिब रामहरी सपाङ्गी मगर प्रमुख अतिथी ज्युले “केन्द्रीय समिती र क्षेत्रीय समितीको समन्वय कस्तो हुनु पर्छ भन्दै र जापान भरीको मगरहरुलाई भाइचारा गराउनु सक्नु कार्यसमितीको जिम्मेबार हो र तोकाई क्षेत्रमा नेपाल मगर संघको क्षेत्रीय समितीले पारेको उत्कृष्ट र सकारात्मक प्रभावलाई स-धन्यवाद आभार प्रकट गर्दै आगामी कार्यकाल अझ सक्रिय बनेर धेरै राम्रा कामहरु गर्न सकोस” भनि शुभ-कामना व्यक्त गर्नु भएको थियो । र संघका सल्लाहकार गंगा घर्ति मगर ज्युले संघले जापानमा धेरै संघर्ष गरेको नेपालमा भवन बनाउनको निमित्त रु १८,००,०००/- सहयोग देखी धेरै सहयोगहरु गरेको कुरा बताउनु भयो । साथै संरक्षक कौडा बुढा मगरले “जापान भरीका मगरहरुलाई एकिकृत गर्न लाग्ने र लागी पर्न आग्रह गर्नु भएको थियो ।

विशेष अतिथी नेफीन जापान क्षेत्रीय समिती तोकाइका अध्यक्ष रिना तामाङ्ग ज्युले “कार्य प्रगती विवरण र आर्थिक प्रतिवेदन अन्य सस्थाले पनि अनुकरणीय रहेको” भन्नु भयो अर्का नेपाल मगर संघ जापान केन्द्र बाटै आउनु भएको सह-कोषाध्यक्ष सबिन थापा मगर ज्युले ” मगरहरुलाई र मगरको संस्कृती लाई विश्व सामु चिनाउनु अनि विश्वको मगरहरु गोलवन्द गराउन को निमित्त विभिन्नखाले कार्यक्रमहरु गर्न स-सक्त भुमिका निभाउनको लागी आह्वान गर्नु भएको थियो । नेपाल मगर संघ जापान विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहदै आएको छ ।