शुक्रबार, बैशाख ११, २०८३

कर्साङ तामाङद्वारा एनआरएनए जापानको कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा

जापान । एनआरएनए जापानको आगामी कार्यकालको कोषाध्यक्ष पदमा वर्तमान कार्यसमितिका सदस्य कर्साङ तामाङले उम्मेद्बारी दिने घोषणा गरेका छन।
नेपाल तामाङ समाज जापानका अध्यक्ष, नेफिन जापानका संघीय परिषद सदस्य कर्साङ तामाङले एनआरएनए जापानको कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राख्न कोषाध्यक्षमा दाबीको घोषणा गरेको हो ।
ब्यवसायी र समाजसेवामा सक्रिय तामाङले संघको कोष अभिवृद्धिको मुख्य एजेण्डा बनाएर आर्थिक पारदर्शितासहित कार्य गर्नका लागि समाजिक संजालमार्फत तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

विगत १० वर्षदेखि जापानमा रहेका विभिन्न संघ-संस्थाहरूमा आवद्द भएर सम्पूर्ण नेपाली तथा जापानिज समुदाय बिच हातमा हात र काँधमा काँध मिलाई हरेक नेपालीको दु:ख सुख सहभागी भएर सामाजिक काममा निरन्तर लागीरहेका तामाङले उम्मेद्बारी घोषणा गर्दै सहयोग गर्न अपिल गरेका छन।
कोषाध्यक्ष पदका प्रत्यासी तामाङ एनआरएनए जापान २०२१-२०२३ कार्यकालमा केन्द्रीय सदस्य, नेपाल तामाङ समाज जापानको २०२२-२०२४ कार्यकालको केन्द्रीय अध्यक्ष, नेफिन जापानको २०२३-२०२५ कार्यकालमा संघीय परिषद सचिवलाय सदस्य र जनप्रगतिशील मञ्च जापानको २०२२-२०२४ कार्यकालमा केन्द्रीय सदस्य पदमा रहेर जापानबासी नेपाली समुदायहरू माझ निरन्तर जोडिएर सामाजिक काममा लागिरहेका छन ।
आफ्नो योग्यता क्षमताको आधारमा एनआरएनए जापानको कोषाध्यक्ष पदमा रही संस्थाको लेखाअभिलेखलाई व्यवस्थित गरि स्मार्ट प्रणालीका आधारमा पब्लिकमा सार्वजनिक गर्ने आफ्नो प्रतिबद्धतामा तामाङले उल्लेख गरेका छन ।
कर्मभूमिमा आफ्नो पेशा-काम गरी बचेको सम्पूर्ण समय समाजसेवामै समर्पण गर्ने प्रतिबद्धता जाहेर गर्दै गैरआबसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३-२०२५ कार्यकालमा कोषाध्यक्षमा उम्मेदवारी दिएको तामाङले बताएका छन।