जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न ११ राष्ट्रीय महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन गरिएको छ।
नव गठित निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्वरराज पौडेललाई चयन गरेको हो । निष्पक्ष निर्वाचन गराउन पौडेललाई संयोजक तोकिएको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो। उहॅाका अनुसार तीन सदस्यीय निर्वाचन समितिमा ईन्जिनियर डम्वर पुन र पत्रकार आनन्द कोइरालालाई चयन गरिएको छ।
जुलाई १४ तारिख एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा बसेको अनलाईन बैठकले आगामी २९ तारिख अधिवेशन तथा ३० तारिख अनलाईन प्रणालीबाट निर्वाचन गरिने जनाएको छ। अनलाईन भोटिगंका लागि पहिलो पटक आईसीसीले तोकेबमोजिम भेरोभोटिङ प्रणालीबाट निर्वाचन गरिने छ।