टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा नवीन निउरेले उम्मेद्वारी औपचारिक रूपमा घोषणा गरेका छन।
टोकियोमा आइतबार एक औपचारिक कार्यक्रम गरि एनआरएन जापानका वर्तमान वरिष्ठ उपाध्यक्ष नविन निउरेले पछी नहटने गरि अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन ।
बाग्लुंगको गल्कोटमा जन्मिएर सन् २००५ मा अध्ययनको शिलसिलामा जापान प्रवेश गरेका निउरे सन् २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन्।
सन् २०११ मा संघको कान्तोउ क्षेत्रको सदस्य हुँदै अहिले एनआरएनए जापानको बरिष्ठ उपाध्यक्ष रहेका निउरेले ‘पारदर्शिता, रुपान्तरण, प्रबिधिमैत्री एनआरए जापान,नेपाली समुदायको आफ्नो साथी बनाउने अभियान’ भन्ने नाराका साथ अध्यक्ष पदका लागि उमेद्वारी दिने घोषणा गरेका हुन्। ८ बुंदे घोषणापत्र जारी गर्दै जापानमा रहेका नेपालीहरुले भोगेका समस्या समाधानका लागि जापान सरकारसंग आवश्यक पहल कदमी लिने लगायतका महत्वकांक्षी योजनाहरु पत्रकार सम्मेलनमा निउरेले सार्वजनिक गरेका छन्।
संघलाई रूपान्तरण साथै शिव मन्दिर सहित प्रविधियुक्त बहुद्देश्यीय नेपाली हाउसको स्थापना, अहिलेको कार्यसमितिले सुरु गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिने पनि निउरेले जानकारी दिए।
एनआरएनए जापानलाइ स्मार्ट एनआरएनए बनाउनका लागि यस संग सम्बन्धित कार्यलाई ब्यबस्थित गर्ने, एनआरएनए जापानले प्रदान गर्ने सेवाका सम्पूर्णलाइ जानकारी दिने र आइसीसीको निर्वाचनका प्रतिनिधि छनोटलाइ पारदर्शी र थप बैज्ञानिक बनाइने घोषणापत्रमा उल्लेख गरिएको छ।
आगामी २०२३-०२५ का लागि नयाँ नेतृत्व चुन्न एनआरएनए जापानको ११ औं राष्ट्रिय महाधिवेशन जुलाई २९ तारिखमा हुने जनाएको छ।